सेयर
काठमाडौँ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।
ओलीका बुबा गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति अप्ठ्यारो महसुस भएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएपछि उहाँ झापा जानुभएको थिएन ।
shere this








































