सेयर
चितवन ।
चितवनको भरतपुरमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको छ । भरतपुर वडा नम्बर २३ मा शनिबार राती सुतिरहेको बेला जंगली हात्तीले आक्रमण गर्दा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले हात्तीको आक्रमणबाट २५ वर्षकी आशिका बोटे र ४ वर्षका भरत बोटेको मृत्यु भएको जानकारी दिनुभयो ।
सुतिरहेका बेला हात्तीले घर हान्न थालेपछि आशिकाका श्रीमानले जोगिनका लागि आगो बाल्दा घरमा आगलागी भएर थप क्षति भएको छ । कच्ची घरमा लागेको आगो स्थानीय र प्रहरीले निभाएका छन् ।
shere this









































