एजेन्सीको सहायतामा ।
प्यालेस्टिनी विद्रोही समूह हमासले हालै ४८जना बन्दीहरुको तस्बिर बिदाई तस्बिर भन्दै सार्वजनिक गरेको छ । इजरायलबाट बन्दी बनाइएका नेपालका विपिन जोशीसहितको तस्बिर हमासले सार्वजनिक गरेको हो । यद्यपि तस्बिरमा देखाएकाहरुको खास अवस्थाबारे केही खुलाइएको छैन । विभिन्न क्षेत्रबाट तस्बिरमा केही जिवित र केही मृतक बन्दीहरु हुन सक्ने आँकलन व्यक्त गरिएका खबर अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
हमासले तस्बिरसँगै सार्वजनिक गरेको विज्ञप्तिमा इजरायलको निरन्तर आक्रमणका कारण बन्दीहरुको जीवन संकटमा रहेको उल्लेख छ । इजरायली अधिकारीहरु केही बन्दी जिवित रहेको दाबी गर्दै आइरहेका छन् ।
सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेन रोन अराडको नाम क्याप्सन राखी ४८ तस्बिर सार्वजनिक भएका हुन् । दक्षिण लेबनान आक्रमणका क्रममा बम विष्फोटमा परेका भए अराडको वास्तविक अवस्थाबारे कुनै प्रामाणिक विषय सार्वजनिक भएको थिएन । बन्दीहरुको तस्बिर सार्वजनिक गरेर हमासले इजरायल र बन्दीका परिवारलाई दबाब दिएको छ ।









































