सेयर
काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई अझ सुदृढ बनाएको बताउनुभएको छ ।
आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै उहाँले शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न निर्वाचन सम्पन्न गर्न सफल भएकामा सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘एउटा जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ।
म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवम संपुर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु।’
shere this









































