काठमाडौँ ।
बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना देशैभर जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।
६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी रहँदा अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गर्नुभयो ।
मतगणना जारी भइरहेका अरु अधिकांश स्थानमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिइरहेको छ । प्रारम्भिक जानकारीअनुसार अहिले ४० स्थानमा रास्वपाको अग्रता हुँदा नेकपा एमाले ५ नेपाली काँग्रेस ३ र नेपाली कम्युनिस्ट पार्टी नेकपाले २ स्थानमा अग्रता लिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ मा बालेन शाहले अग्रता लिइरहेका छन् । नेपाली काँग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ मा मतगण्ना सुरु भएको छैन ।








































