नवलपरासी
पश्चिम नवलपरासीको भुमहीमा वृक्षारोपण गरीएको छ । सुनवल १२ भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी परीसरमा आज करीब २ सय विरुवा रोपिएको हो । सुनवल नगरपालिकाले उपलब्ध गराएको विरुवा रोपिएको रामनगर तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रसिक्षक धमेन्द्र अग्रहरीले जानकारी दिए ।
भुमही खोलाले क्षती पुर्याएको जमिनलाई अथक प्रयासपछि खेलमैदानमा परिणत गरीएकाले त्यस क्षेत्रको संरक्षणकालागि वृक्षारोपण गरिएको हो । खेलकुद हबको रुपमा विकास भईरहेको सिर्जनाटोलामा रहेको करीब ४ विगाह जमिनमा विरुवा रोपिएको हो ।
खोला किनारमा रहेको मैदान संरक्षण गर्न नगरपालिका सधै सकृय रहेको वृक्षारोपण कार्यक्रमका प्रमुख अथिति तथा सुनवल नगरपालीकाका उपप्रमृख दधिराम अर्यालले बताए ।
खेलकुदसंगै वातावरण संरक्षणमा युवाहरु लाग्नु सकारात्मक भएको उनको भनाइ छ । आज विभिन्न जातका २ सय विरुवा रोपिएको र आगामी दिनमा पनि वातावरणमैत्री नगर निर्माणमा सकृयता देखाउने एकेडेमीका अध्यक्ष अग्रहरीले बताए ।








































