बासद्धारा सञ्चालित मास्क बैंकमार्फत् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का होम आइसोलेसनमा रहेका २० जना संक्रमितलाई सामग्री वितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ को समन्वयमा वडाभित्र होम आइसोलेसनमा बसिरहेका कोभिड संक्रमितलाई प्रतिव्यक्ति एक क्यारेट अण्डा, एक प्याकेट सर्जिकल मास्क र केही डिटल साबुन वितरण गरिएको छ । संक्रमितको घरघरमा पुगी वडाका पदाधिकारी र बासका सहजकर्ता शोभा थापा मगरले उक्त सामग्री वितरण गरेका थिए ।
घरमै बसिरहेको अवस्थामा गरिएको सहयोगबाट खुसी भएको ओम आइसोलेसनमा बसेका संक्रमितहरुले बताएका छन् । यसरी वितरण गरिएका सामग्रीका लागि रकम काठमाडौंका रुपा दिक्षीत जोशी र प्रकाश आचार्यले मास्क बैंकलाई उपलब्ध गराएका थिए ।
यसैगरी आज नै बासले मास्क बैंक मार्फत् डुडुवा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धन बहादुर बुढालाई ३ हजार थान मास्क हस्तान्तरण गरिएको छ । बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले बुढालाई सहयोग हस्तान्तरण गरेका थिए ।