माथिल्लो त्रिशूली-१ २१६ मेगावाट जलविद्युत आयोजना सहयोग तथा संघर्ष समितिले आयोजनामा सीमित राजनीतिक दल र केही व्यक्तिको हालीमुहाली भएको भन्दै २४ बुँदे माग आयोजनासमक्ष पेस गरेको छ ।

आमाछोदिङमो गाउँपालिका वडा नम्बर १ र २ हाकुको थाङ्कु, फुलबारी, काक्सिङ, ठुलोहाकु, सानोहाकु र नेसिङ, उत्तरगय गाउँपालिका वडा नम्बर १ हाकुको मैलुङ, गोगने, तिरु, कालिका गाउँपालिका वडा नम्बर १ राम्चे र गोशाईकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेलाई अति प्रभावितमा पर्ने गरि निर्माणधिन अवस्थामा रहेको आयोजना र स्थानीय प्रभावित जनताबिच विभिन्न समयमा भएका लिखित वा मौखिक सहमति कार्यान्वयनको माग गर्दै संघर्ष समितिले २४ बुँदे माग सार्वजनिक गरेको हो ।

१५ दिनभित्र मागहरु पुरा नभए चरणबद्ध आन्दोलनमा उत्रने संघर्ष समितिको चेतावनी छ ।
यस्तो छ संघर्षसमितिको मागपत्र
मिति :- २०४८/०५/२३ गते
श्री कार्यकारी निर्देशक ज्यु,
१. केन्द्रिय कार्यालय :- NWEDC नक्साल काठमाडौँ अर्थात माथिल्लो त्रिशुली-१ (२१.MW)
जलविद्युत आयोजना।
२, निर्माण कम्पनी :- डुसान कम्पनीको कार्यालय मैलुङ्बेसी, रसुवा ।
३. स-निर्माण कम्पनी :- पावर चाइना कम्पनीको कार्यालय मैलुङबेसी, रसुवा ।
बिषय :-माग पत्र सम्बन्धमा ।
रसुवा जिल्ला कै ठूलो जलविद्युत आयोजना माथिल्लो त्रिशुली-१ (216 MW) जलविद्युत आयोजना निर्माण हुनु जिल्लाका लागि गौरवको कुरा । साबित हाकु, धुन्चे र राम्चेलाई प्रभावित हुने गरि निर्माण भई रहेको हाइड्रोपावर प्रोजेक्टले हाल आमाछोदिङमो गाउँपालिका वडा नम्बर १ र २ हाकुको थाङ्कु, फुलबारी, काक्सिङ, ठुलोहाकु, सानोहाकु र नेसिङ, उत्तरगय गाउँपालिका वडा नम्बर १ हाकुको मैलुङ, गोगने, तिरु, कालिका गाउँपालिका वडा नम्बर १ राम्चे र गोशाईकुण्ड
गाउँपालिका वडा नम्बर ६ धुन्चेलाई अति प्रभावितमा पर्ने गरि निर्माणधिन अवस्थामा रहेको माथिल्लो त्रिशुलि-१(216 MW) जलविद्युत आयोजना र स्थानीय प्रभावित जनताबिच विभिन्नसमयमा विभिन्न जनपक्षीय मागहरू बारे लिखित वा मौखिक सहमतिहरु भएको थियो । सहमति सम्झौतालाई कार्यान्वयन गर्न बारम्बार ध्यानाकर्षण गर्दा पनि कार्यान्वयनको साटो सिमित राजनैतिक दल र केही व्यक्तिहरुको मात्र हालीमुहाली हुने गरि आयोजना अगाडि बढेको हुनाले हामी अति प्रभावित स्थानीय जनताहरुको साझा संगठन माथिल्लो त्रिशुली-१ (२१६ MW) जलविद्युत आयोजना सहयोग तथा संघर्ष समिति, रसुवाले निम्न मागहरू पेश गर्दछ ।
मागहरू :-
१. आमा छोदिडमो गाउँपालिका वडा नम्बर १, हाकुबेसी स्थित आयोजना स्थलको ड्यामसाइटमा गरि रहेको सम्पुर्ण कामहरु, हाकुबेशीको थाङ्कुमा बनाई रहेको बेलिबृज पुल र अन्य कामहरु, आयोजना निर्माण स्थल मैलुङको पावर हाउस देखि हाकुबेसीको ड्यामसाइटसम्म बन्ने लेभर क्याम्प, लेभर सप्लाइ र अन्य सम्पुर्ण कामहरु, मैलुङको तोङ्बगरमा बनाईरहेको बेलिबृज पुलको काम र अन्य कामहरु तुरुन्त स्थानीय कन्स्ट्रक्सन वा उपभोक्तलाई दिन अनुरोध गरिन्छ ।
२. अन्तर्राष्ट्रिय राजमार्ग (केरुङ मार्ग) मैलुङ, हाकु वेशी र स्याफु बेशी हुदै टिमुरे जोड्ने अन्तर्राष्ट्रिय राज मार्गलाई आयोजनाले निर्माण दल (आमी) लाई ‘नो अब्जेक्सन लेटर” नदिएको कारण पारीबाट लगेको सर्वविधितै छ । आयोजनाले कुनै पनि बाहना नगरी दलदुङ्का खोला देखि ड्यामसाईटसम्मको एक्सेस रोड तुरुन्त निर्माण गर्न अनुरोध गरिन्छ ।
३. जनताको माझमा गरेको प्रतिबद्धता अनुसार तल्लो भेगमा एउटा र माथिल्लो भेगमा एउटा गरि २ वटा एम्बुलेन्स खरिद गरी तुरुन्त वितरण गर्न अनुरोध गरिन्छ ।
४. आयोजनाले सार्वजनिक सुनुवाइदेखि गर्दै आएको प्रतिजा अनुरुप सिभिलका कामहरु स्थानीय कन्स्ट्रक्सनहरू र उपभोक्ताहरूलाई दिन्छु भनिएता पनि हालसा युनानीय कन्ट्रक्सनलाई वास्त नगरि मादिरको कन्स्ट्रक्सन र ठेकेदारहरुलाई मार दिई आएकोले यस्ता कार्य तुरुन्त बन्द गरि सीप र दक्षताको आधारमा अति प्रभावित स्थानीय जनतालाई समेटने गरि काम दिन अनुरोध गरिन्छ ।
५. कम्पनीले प्रतिबद्धता गरे अनुसार कम्पनीलाई आवश्यक सम्पुर्ण कर्मचारीहरू नियुक्ति गरि रोजगार दिन्छ भनिएता पनि कार्यान्वयन पक्ष फितलो भएको, सबै कर्मचारी बाहिरको नियुक्ति गरेको र नयाँ नियुक्ति गर्दा बाहिरको कर्मचारीहरूको जापान्तलाई मात्र नियुक्ति गरि बाहिरको मान्छेहरूले मात्र हैकम जमाउदै आएकोले यस्ता कार्य तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।
६. स्थानीयले उपलब्ध गर्न सक्ने निर्माणका सम्पुर्ण निर्माण सामाग्रीहरु उचित दर/रेड दिई प्रयोग गर्न अनुरोध गरिन्छ।
७. ३५ सय चैनेज (तल्लो दाङ्गा च्याङ्पा स्योङ) देखि गोगने, लागु, तिरुको एकीकृत बस्ती हुँदै, सिरुच्येत, दल्दुङगा खोला र लुम्बाडाडासम्मको कृषि सडक मर्मत तथा निर्माणको लागि थप बजेटको व्यवस्था गर्न अनुरोध गरिन्छ ।
८. यस हाइड्रोपावर निर्माणका लागि आएका कर्मचारीहरू तथा कामदारहरुलाई सम्पुर्ण खाद्यान्न र मेसको ब्यबस्था स्थानीयले गर्ने व्यवस्था सुनिश्चित गर्न अनुरोध गरिन्छ ।
९. हाल पावर हाउस देखि सस्ट्याडसम्म मापदण्ड बिपरित बनाइ रहेको सडक बन्द गरि साबिक कै ३५ सय चैनेज (तल्लो दाङ्गा च्याङ्मा स्योङ) देखि गोगने बस्ती हुँदै सस्ट्याङ्ग (तिम्न्यु ब्रा) सम्म जाने सडक निर्माण गर्न अनुरोध गरिन्छ ।
१०. तिरु, नागथान, ताक्पाच्येत, पुड्कीलुङ, करुमरड हुँदै ओलिडाडासम्मको कृषि सडक मर्मत तथा निर्माणका लागि बजेटको व्यवस्था गर्न अनुरोध गरिन्छ ।
११. उत्तरगया गाउँपालिकाको तिरुगाङ, सिरु च्येत, माथिल्लो दाल्दुङ्गा खोला हुँदै आमाछोदिङमो गाउँपालिकाको पलावाङ, लुम्बाडाडा र ठूलो हाकुसम्मको सडक बनाउन सहयोगको लागि अनुरोध गरिन्छ ।
१२. स्थानिय तामाङ आदिवासी (मुलवासी) हरुको बाक्लो बस्ती भएका कारण उनीहरुको मौलिक हकहरू जस्तैः धर्म, संस्कृती, कला, भेषभुसा. शिक्षा आदिको संरक्षणको लागि हाकुबैशीको निर्माणधिन श्री पाङलिङ हिस्से गुम्बा, सानो हाकुको पुरानो गुम्बा, श्री पाल्डग टाशी क्षेलिङ गुम्बा, ठूलो हाकुको टाशी क्षेलिङ गुम्बा, निर्माणधिन गोगने तिरुको क्षेलिङ गुम्बा, नेशिङ गुम्बा निर्माण, नेसिङको पुरातात्विक इतिहास बोकेका पुराना मानेहरू र पुरानो जोडको संरक्षण, निर्माणधिन ठूलो ताकुको युवा ज्ञान केन्द्र, लाकुसीको सहकारी भवन, हाकुयेशीमा प्रदेश स्तरीय हस्पिटल निर्माण, हाकुबेसीमा क्याम्पसको शोषना गरि त्यही सम्पूर्ण व्यवस्था, निरा र वालोमा बनाएको एकीकृत बस्तीलाई आर्थिक सहयोग रे गायोमनी क्षेत्रको सम्पुर्ण विद्यालयहरुलाई (हेस, दिवा खाजा लगायत) मा.वि., नि.मा.वि., मा.वि. र उच्च मा. नि. हरुमा आवश्यकता अनुसारको शिक्षक/शिक्षिकाको सरकारी सरह व्यवस्था गर्न अनुरोध गरिन्छ ।
१३. पावार हाउस र साइट अफिसको विचमा बनिरहेको बेलिबृज पुलको काम तुरुन्त बन्द गरि उचित दर/रेडमा स्थानीय कन्सट्रक्सन चा उपभोक्तालाई दिन अनुरोध गरिन्छ ।
१४. आयोजना निर्माण स्थल मैलुङ देखि हाकु बेशी सम्मको सम्पुर्ण जनताहरुको आफ्नो जीवन रक्षाका लागी र भवितव्य, प्राकृतिक प्रकोप जोखिम लाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय मान्यता प्राप्त बिमा कम्पनीमा जीवन तथ निर्जिवन बिमा गरि भबिस्यमा आउन सक्ने जोखिम न्यूनीकरणको ग्यारेन्टी गर्न अनुरोध गरिन्छ ।
१५. विशेष गरि प्रभावित क्षेत्रको जनतालाई निःशुल्क बत्तीको ब्यबस्था, ३% निशुल्क शेयरको व्यवस्था, प्रभावित क्षेत्रको विद्यार्थीहरु लाई बार्षिक ५ जनालाई प्राविधिक शिक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय scholarship र benefit sharing १०% को ब्यबस्था सुनिश्चित गर्न अनुरोध गरिन्छ।
१६. सामाङ आदिवासीको बाम्लो बस्ती रहेको कारण बुद्ध धर्म मान्ने भएकाले काङ्वयुर र तेक्युरको पुजा पाठ गरेर मात्र काम सुरु गर्न अनुरोध गरिन्छ ।
१७. जलविद्युत आयोजनाका कारण हाकुबेसीको ५ जना स्थानीयहरुको लालपुर्जा खारेज गरेकाले बिना सर्त फिर्ता गर्न अनुरोध गरिन्छ ।
१८. आयोजना क्षेत्रको हाकुबेसी देखि ठूलोहाकु, सानोहाकु र नेसिडसम्म सडक निर्माण तथा मर्मतको लागि बजेट व्यवस्था गर्न अनुरोध गरिन्छ ।
१९. अति प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य, बिजुली लगायतका कामहरु गर्न अनुरोध गरिन्छ ।
२०. अति प्रभावित क्षेत्रमा बास्केट फण्डको व्यवस्था गर्न अनुरोध गरिन्छ ।
२१. अति प्रभावित र जिल्लालाई १५% शेयरको सुनिश्चितता गर्न अनुरोध गरिन्छ ।
२२. स-निर्माण कम्पनी, पावर चाइना कन्स्ट्रक्सनमा लेभर काम गर्न गएका मजदुरहरुलाई श्रम शोषण गरिरहेको भन्ने सुन्नमा आएकोले पावर चाइना कम्पनीलाई श्रमशोषण ऐन लगाई कारबाही गर्न अनुरोध गरिन्छ ।
२३. गोसाइँकुण्ड गाउँपालिकाको धुन्चेको गोम्बोखका अर्थात हाइड्रोपावर ड्यामसाइडमा बनाइरहेको बेलिबृज पुल र त्यस स्थानमा बन्ने सम्पूर्ण निर्माणका कार्यहरू स्थानीय कन्स्ट्रक्सन वा उपभोक्तालाई दिन अनुरोध गरिन्छ ।
२४. हाइड्रोपावर ड्याम्साइडको गोम्बोखादेखि धुन्चेसम्म जाने सडक निर्माण तथा मर्मतका लागि बजेटको ब्यबस्था गर्न अनुरोध गरिन्छ ।
अन्त्यमा यस आयोजना सफल बनाउन हामी प्रतिबद्ध छौ तर माथी उल्लेखित प्रभावित स्थानिय जनताको मागहरु १५ दिन भित्र पूरा नगरे चरणबध्द आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौँ ।
बोधार्थ
१. जल तथा उर्जा मन्त्रालय, सिंहदरबार काठमाडौँ ।
२. IFC को कार्यालय, दरबारमार्ग काठमाडौँ ।
३. बिकेस प्रधानको कार्यालय, थापाथली काठमाडौ।
४. जिल्ला प्रशासन कार्यालय, धुन्चे रसुवा ।
५. जिल्ला प्रहरी कार्यालय, धुन्चे रसुवा ।
६. केन्द्र NEFIN, ललितपुर ।
७. जिल्ला NEFIN, रसुवा ।
८. IPP को कार्यालय, हाकु बेशी, रसुवा ।
९. नेपाली काङ्ग्रेस, रसुवा ।
१०. ने.क.पा. (एमाले), रसुवा
११. ने.क.पा. (एकीकृत समाजवादी), रसुवा ।
१२. जनता समाजवादी, रसुवा ।
१३. नेकपा (माओवादी केन्द्र) रसुवा ।
माथिल्लो त्रिशुली-१ (२१६ MW) जलविद्युत आयोजना सहयोग तथा संघर्ष समिति रसुवा ।








































