सेयर
दाङ । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई प्रतिबन्धित नेकपाकाले कालोमोसो दलेको छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर प्रतिबन्धित नेकपाका कार्यकर्ताले कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दलेका हुन् ।
चौधरीको यहाँबाट सरुवा भएपनि उनी सरुवा भएको ठाउँमा जान समेत अटेर गर्दै आएका छन् । उनको ठाउँमा निरज शाक्यलाई खटाइएको छ । घटनास्थलबाट प्रहरीले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको ब्यानर र साङ्लो बरामद गरेको छ ।
shere this