सेयर
प्रदिप नेपाल
पित्तल होइन त्यो सुन रैछ बा बितेसी था भयो
नखाइ बार्नुपर्ने नुन रैछ बा बितेसी था भयो
उहाँ यस्तो उस्तो हुनुहुन्थो भन्दैथिए सबैजना
त्यो त बाले लाको गुन रैछ बा बितेसी था भयो
बाको सबै जिम्मेवारी काँधमा लिँदै गर्दाखेरि
बा त अँधेरीको जुन रैछ बा बितेसी था भयो
औषधि र उपचार जति गर्दा पनि लाएन खै
आखिर नमर्ने कुन रैछ बा बितेसी था भयो
के गरेनन् र बाले हाम्रो भविस्य बनाउन
नबुझ्नु हाम्रो भुल रहेछ बा बितेसी था भयो !!
shere this









































