काठमाडौँ । बालाजुको प्रहरी बिट जल्दै गर्दा बनस्थलीमा केन्द्रिय कार्यलय सकुसल राख्न सफल दल रास्वपामा भाँडभैलो सुरु भएको छ । जेन जि आन्दोलनको ब्यानरमा नेतृत्व लिदै दौडिएको दल आन्दोलनको अवतरण संगै भाँडभैलो सुरु भएको हो । आन्दोलन कारीलाई अरु दलको कार्यलय तोडफोड र आगजनीमा उस्काउने रास्वपा विस्तारै आन्तरीक कलहमा पर्दै गएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किएका छन । कारागार व्यवस्थापन विभागका प्रवक्ता सोमेन्द्र न्यौपानेका अनुसार लामिछाने कारागार पुगिका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नक्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए । उनी कारागारबाट बाहिर आएपछि देशैभर कारगारमा विद्रोह चलेको थियो । लामिछानेले भने पटक पटक आफू प्रक्रिया पुर्याएर मात्र कारागारबाट बाहिरिएको प्रष्टोक्ति दिँदै आएका थिए । शनिबार दिउँसो भने उनले आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा ३ विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन् । रास्वपा प्रवक्ता मनिष झाले ग्रुपमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरे पनि पार्टीमा औपचारिक पत्र आइनपुगेको जानकारी दिए । अर्का एक केन्द्रीय सदस्यका अनुसार सुमनाले ग्रुपमा आफूमाथि मिडिया ट्रायल गरेको,आफ्ना कुराहरू पार्टीले सुनुवाइ नगरेको र पार्टीमा काम गर्ने अवस्था नभएको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् ।








































