सेयर
नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य दामोदर अधिकारी र झापा शाखाका सदस्य कमल मिश्रको कोरोना संक्रमण भई उपचारका क्रममा निधन भएको छ ।
दाङको घाराही–१७ निवासी ४१ वर्षीय पत्रकार अधिकारीको काठमाडौंमा उपचारका क्रममा वैशाख ७ गते मंगलबार निधन भएको थियो भने झापाबाट पत्रकािरता सुरु गरी हाल काठमाडौंमा पत्रकारिता गरिरहेका मिश्रको वैशाख १ गते राति ४९ वर्षको उमेरमा काठमाडौंस्थित टेकु अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
कोरोनाकै कारण यसअघि ६ जना पत्रकारको निधन भएको थियो भने ४ सयभन्दा बढी संक्रमित भएका थिए । पछिल्लो केही दिनयता कोरोना संक्रमितको दर दिनानुदिन बढिरहेको छ ।
shere this








































