प्रदिप नेपाल
नुवाकोट ।
श्री मालिका माध्यामिक विद्यालय बेलकोटगढी नुवाकोटको १७ औँ अभिभावक भेला बिहिबार सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको प्रमुख आतिथ्यतामा भएको भेलामा विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति थियो ।
निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष बद्री नेपालले विद्यालयमा धेरै समस्या रहेको र समस्या समाधान गर्न सक्षम समिति बन्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै प्रधानाध्यापक रामप्रसाद दाहालले नगरपालिका तथा वडाले विद्यालयप्रति चासो नदिँदा शिक्षकहरुलाइ तलब खुवाउनसमेत समस्या भएको भन्दै दुखेसो व्यक्त गर्नुभएको थियो ।
भेलामा नयाँ व्यवस्थापन समितिका लागि ८ जना अभिभावकले आफ्नो नाम दर्ता गराएका छन् । जसमा माधव प्रसाद नेपाल, राजु दाहाल, राकेश तामाङ, माधव प्रसाद पौडेल, निरा तामाङ, श्याम तामाङ, बद्री नेपाल, चतुरमान तामाङ रहेका छन ।

लामो छलफल गर्दा पनि भेलामा सहमति नजुटेपछि आगामी सोमबार १० बजे बैठक बसी निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइने प्रधानाध्यापक राम प्रसाद दाहालले जानकारी दिनुभयो ।








































