सेयर
भन्छन् अनिष्ट ओली बा प्रतिगामी र दुर्जन
पीडा घटाउने यस्तो ओखती गठबन्धन
संविधान न कुल्चेको इतिहास कहाँ छ र ?
तीतेपाती करेला झैँ साह्रै नै तीक्त दुच्छर
झण्डै सदनको हत्या झण्डै रहेन जीवन
यो संविधान रक्षार्थ चाहिन्छ गठबन्धन
ऊ आफ्नै घरमा आगो आफैं बाट लगाउँछ
समाजवाद आस्थामा बाढी बन्छ बगाउँछ
चुहिन्छन् घरका छाना बाँकी राखेन आँगन
विपत्ति देशमा रोक्न चाहियो गठबन्धन
के भयो कानुनी राज्य ? तानाशाही छ शासक
निर्मलाका बलात्कारी भ्रष्टाचारी अराजक
एमालेका जरा हाँगा गर्नलाई नियन्त्रण
अत्यावश्यक नै हो यो सापेक्ष गठबन्धन
shere this








































