– पुष्पविक्रम मल्ल
नेपालको राजनीतिक इतिहासमा नेपाली जनताले निरङ्कुश राणा शासन, निरङ्कुश पञ्चायती शासन र संवैधानिक राजतन्त्र तथा बहुदलीय व्यवस्थाविरुद्ध विभिन्न कालखण्डमा सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्धको बलबाट वि.स. २०७२ असौज ३ गते सङ्घीय गणतन्त्रको नेपालको संविधान प्राप्त गरेको नौ वर्ष लागिरहेको छ । तर नेपाली जनताले किन सुशासन, सामाजिक न्याय रोजगारी विकाससहित समृद्ध देश नेपाल हुन नसक्नुको विभिन्न समस्या एवं कारणमध्ये मुख्य समस्या एवं मुख्य चुनौती सुशासन हो भनेर बुझ्न तथा पत्ता लगाउन सजिलो होस् अनि आफ्नो धारणा बनाएर समृद्ध नेपाल बनाउन सबै नेपालीको योगदान पुगोस् भनेर केही विधिको (methodology ) संक्षिप्तमा चर्चा गरिएको छ ।
- द्वन्द्वात्मक भौतिकवाद:
प्रकृति मानवसमाज र चिन्तनको अर्थात सबै क्षेत्रहरूको अध्ययन गर्ने नियमलाई सामन्यतया दर्शन भनिन्छ । द्वन्द्वात्मक भौतिकवादी र अध्यात्मक आदर्शवादी दुई विश्व दृष्टिकोणका दर्शनको आधारबाट हरेकले प्रकृति मानवसमाज र चिन्तन अर्थात हरेक घटनाको बारेमा बुझ्ने व्याख्या विश्लेषण तथा संश्लेषण गरी त्यस विषयमा आ-आफ्नो धारणा बनाउने गर्दछ ।पहिलो आध्यात्मकवादी/आदर्शवादी दृस्ठिकोण चिन्तन विधिबाट (methodology ) गरिने अध्ययन अनुसन्धानले एक पक्ष मात्र देख्ने अर्को पक्ष नदेख्ने अर्थात कि त राम्रो मात्र देख्ने कि त नराम्रो मात्र देख्ने अर्थात आफुलाई लागेको अनुभवबाट प्राप्त ज्ञान नै सत्य ठान्छन् । सुर्य पृथ्वि मानव जाति सबै भगवानको सृष्टि भन्दछन् । यतिमात्र नभइ ईशु(बाइबल), मुस्लिम, हिन्दु धर्मका भगवानहरुले नै पृथ्वी सूर्य मानव आदिको सृष्टि गरेको मिथ्या कुरामा एक थरी मानिसहरु विश्वास गर्दछन् ।चेतना प्रधान हो चेतनाले नै संसारको रचना गरेको भनी मान्दछन ।तर यस अध्यात्मकवादी इश्वरीय दृष्टिकोणको विरुद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोण को लामो युगको सङ्घर्षको क्रममा कार्ल मार्क्स र एङ्गेल्स ले द्वन्द्वात्मक तथा ऎतिहासिक भौतिकवाद नयाँ आविस्कार तथा विकास गरी अध्यात्मकवादी विश्वकोणको खण्डन गरेको छ ।
दोस्रो: द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी वैज्ञानिक विश्व दृष्टिकोण :
मार्क्सवादी दर्शनको आधारभूत द्वन्द्वात्मक भौतिकवादका तीन वटा नियमहरु (१) विपरीत तत्वहरुको बिचमा एकता र सङ्घर्षको नियम (२)मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम (३) निषेधको नियम ।
त्यसैगरी ऐतिहासिक भौतिबाद्का आधारभूत तिनवटा नियमहरु (१) सामाजिक अनतरविरोधको नियम (वर्गसङ्घर्षको नियम) (२) सामाजिक क्रान्तिको नियम (३) पुरानो सामाजिक संरचनाको विनाश र नयाँ सामाजिक आर्थिक संरचनाको नियम ।
मार्क्सवादको तीन सङघट्क क्षेत्रहरू नै श्वास्वतमध्ये द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन नै मुख्य शाश्वत हो। किनभने मार्क्स एङ्गेल्स लेनिन माओत्सेतुङ लगायत महान नेताहरूको एउटा समय सन्दर्भमा भनेका भनाइहरु अर्को सन्दर्भ र परिस्थितिमा मेल नखाने हुँदा सन्दर्भ सामग्रीको रूपमा ग्रहण गर्न सकिन्छ । तर मा-ले- मा- वादको द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई अहिलेको विज्ञान प्रविधिले प्रकृति मानवसमाज र चिन्तनमा पारेको प्रभावलाई केन्द्रित गरेर निरपेक्षतामा नभइ सापेक्षतामा मा- ले- मा-वादमा थप प्रायोग र विकास गरेर मात्र वैज्ञानिक समाजवादी क्रान्ति सम्भव छ ।
लेनिनले रुसमा समाजवादी क्रान्ति र माओले चिनमा नयाँ जनवादी अर्थात पुँजीवादी क्रान्ति गरी समाजवादी क्रान्ति सुसम्पन्न गर्न सफलता प्राप्त गर्नुको मुख्य कारण मार्क्सवादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई ठिकसित प्रयोग र विकास गरेर नै सफलता प्राप्त गरेको हो । तसर्थ नेपालमा वि.स. २०७२ को सङ्घीय गणतन्त्रको संविधानअनुसार सुशासन, सामाजिक न्यायसहित संवृद्ध नेपाल निर्माण गर्नलाई मार्क्सवादी दर्शनलाई अहिलेको हाम्रो शक्ति विपक्षको शक्ति सन्तुलन हेरेर समय (time) र स्थान (space )को समेत ठोस परिस्थितिको ठोस विश्लेषण गरी संविधानको कार्यान्वयन गर्दै वैज्ञानिक समाजवादको आधार तयार गर्नुपर्दछ । द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादको दर्शनअनुसार पहिलो: कुनै पनि दुई विपरीत विचार प्रवृत्ति पक्षबिचमा एकता (अस्थायी) र सङ्घर्ष(निरन्तर ) – रुपान्तरणको प्रक्रियाबाट फेरि नयाँ आधारमा एकता- सङ्घर्ष-रुपान्तरणको यस प्रक्रिया आफ्नो गतिमा हरेक वस्तु निरन्तर चलिरहन्छ र एउटा विशिष्ट परिस्थितिमा ती दुई विपरीत विचार प्रवृत्ति पक्षबिचको सङ्घर्षले एक अर्काको स्वार्थमा धक्का लाग्दछ तब ती दुई विपरीत बिचको एकता भङ्ग गर्न पुग्दछ या फेरि नयाँ आधारमा फेरि नयाँ एकता हुन्छ । दोस्रो : दुई विपरीत पक्ष बिचको एकता–सङ्घर्ष–रुपान्तरणको प्रक्रियामा मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन र गुणात्मक परिवर्तनबाट मात्रात्मक परिवर्तन हुने क्रममा ती विपरीत पक्षका केही व्यक्तिहरु एक अर्कोतिर आफ्नो पुरानो पक्षबाट अलग भएर अर्को विपरीत पक्षतिर लाग्छन् या बाहिरिन्छ। यो मात्राबाट गुण र गुणबाट मात्रामा परिवर्तन भइरहेकै हुन्छ । तेस्रो: साथै निषेधको नियमानुसार विपरीत पक्ष बिचको सङ्घर्षमा एकले अर्कोलाई निषेध गर्दै निरन्तर अगाडि जाने क्रममा एक निश्चित बिन्दु पुगेपछि एकले अर्कोलाई पराजित गर्दछ। र एक पक्षको जित हुनेछ र अर्को पक्षको हार हुनेछ ।माओले निषेधको नियमलाई एक पक्षलाई सकारात्मक र अर्को पक्षलाई नकारात्मक हुने कुरा उल्लेख गर्नुभएको छ। यसरी प्रकृति मानवसमाज र चिन्तनको अर्थात हरेक घटना दुइविपरीत पक्ष बिचमा एकता–सङ्घर्ष-रुपान्तरणको विधिहरुबाट आफ्नो गतिमा निरन्तर परिवर्तन भइरहन्छ । यो नै समाज विज्ञानको मार्क्सवादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो।
मार्क्सवादको ऐतिहासिक भौतिकवादी दर्शन अनुसार ´पहिलो: मानव समाज विकासको क्रममा सामाजिक अन्तरविरोधको नियम अर्थात वर्गसंघर्षको नियम शाश्वत सत्य हुन्छ र यस्को प्रयोग तथा विकास दुई विपरीत पक्षबिच निरन्तर सङ्घर्ष भिन्न परिस्थितिमा भिन्न भिन्न रूपमा भइरहेकै हुन्छ । यो वर्गसङ्घर्ष आफ्नो गतिमा गतिशील भइरहेकै हुन्छ । दोस्रो: समाज विकासको क्रममा सामाजिक क्रान्तिको नियम अनुसार क्रान्ति अनिवार्य हुन्छ । तेस्रो: समाज विकासको क्रममा पुरानो सामाजिक सास्कृतिक संरचनाको बिनाश र त्यसको ठाउँमा नयाँ सामाजिक आर्थिक संरचनाको निर्माण विकासको नियम अनुसार हुन्छ ।
यी माथिको मार्क्सवादी दर्शन प्रकृति मानवसमाज र चिन्तनलाई बुझ्न र मुख्यतः आफ्नो जीवन व्यवहारमा बदल्न सहयोग पुग्ने छ । एङ्गेल्सका केही भनाइहरुलाई तल उल्लेख गरिएको छ ।(१) कुनै पनि प्रतिवादका दुई पक्षहरू जस्तो सकारात्मक पक्ष नकारात्मक पक्ष, एक अर्काको जति विरोधी हुन्छन् त्यत्तिकै अभेध्य पनि हुन्छन् र आफ्ना सारा विरोधको बाबजुद एक अर्को भित्र प्रवेश गरिरहन्छ । यसैगरी हामी यो पनि पाउँदछौ कि कारण र कार्यको अवधारणा केबल अलग- अलग घटनाहरुका लागि मात्र सत्य हुन्छन् ।
तर जब हामी अलग अलग घटनाहरु माथि समस्त विश्वसँग तिनीहरुको सामान्य सम्बन्धलाई ध्यानमा राख्दै विचार गर्दछौँ, तब ती अवधारणाहरु एक अर्कोमा विलिन हुन जान्छन्, र जब हामी त्यस विश्वव्यापी क्रिया एवं प्रतिक्रियामाथि विचार गर्दछौँ, जसमा कार्य र कारणको बिचमा निरन्तर स्थान परिवर्तन भइ रहन्छ र जसमा एक स्थान र एक समयमा जुन कार्य हो, त्यही स्थानमा र अर्को समयमा कारण बन्न जान्छ तथा एक स्थान र एक समयमा जुन कारण हो, त्यही अर्को स्थान र अर्को समयमा कार्य पनि हुन जान्छ । जब हामी यस् विश्वव्यापी क्रिया एवं प्रतिक्रिया माथि विचार गर्द छौँ, तब यी अवधारणाहरु बिल्कुल गडबड हुन जान्छ। यी भनाइहरुबाट कार्य र कारणको अवधारणालाई बुझ्न मद्दत पुग्नेछ ।(२) अन्ततोगत्वा: प्रकृतिमा हरेक चिज अधिभूतवादी ढंगले होइन, बरु द्वन्द्वात्मक ढंगले घट्द छ
तर प्रकृतिक विज्ञानमा यस्ता विद्वानहरुको संख्या अझै पनि अति थोरै छ,जसले द्वन्द्वात्मक ढंगले सोच्न सिकेका छन् । खोजका परिणामहरु तथा पूर्वकल्पित चिन्तन प्रणालीहरुको बिचमा जुन टकराब हुन्छ त्यसैको यो नतिजा हो कि यसबेला सैद्धान्तिक प्राकृतिक विज्ञानमा एउटा यस्तो गडबड फैलिएको छ जसले शिक्षक तथा विद्यार्थी लेखक तथा पाठक सबैलाई विक्षिप्त बनाइरहेको छ`। यसरी प्रकृतिक विज्ञानलाइ द्वन्द्वात्मक ढंगले बुझ्ने र आफ्नो धारणा बनाउने जतिसुकै अध्ययन गरेको होस वा अध्ययन नगरेको होस खोजका परिणामहरुलाई आत्मसात गर्ने विद्वानहरुको संख्या अति थोरै छन ।
(३) ‘गति स्वयम् एक अन्तरविरोध हो यहा सम्म कि साधारण यान्त्रिक स्थान परिवर्तन पनि केबल यसैगरी सम्पन्न हुन सक्दछ कि एक पिन्ड कालको एकै क्षणमा एक स्थानमा पनि हुन्छ र अर्को स्थानमा पनि, त्यो एक स्थान विशेषमा हुन्छ पनि र हुदैन पनि, यो अन्तरविरोध निरन्तर उत्पन्न हुँदै जानु र साथ साथै हल पनि हुँदै जानु र यसैको नाम गति हो।’
(४) ‘जुन मस्तिष्क अधिभुतवादी ढंगले सोच्दछ, त्यो विश्रामको विचारबाट गतिको विचारसम्म पुग्न सर्वथा असमर्थ हुन्छ, किनभने माथि जुन अन्तरविरोधको सङ्केत गरिएको छ त्यो उसको बाटो रोकेर उभिन्छ।
यस्तो मस्तिष्कको लागि गतिलाई बुझ्न समर्थ हुनु नै असम्भव हुन्छ किनभने गति एक अन्तरविरोध हो । र गतिको अबोधगम्यताको घोषणा गरेर यस्तो मस्तिष्कले आफ्नो इच्छा विपरीत यस अन्तरविरोधको अस्तित्वलाई स्वीकार गर्दछ ।
र यसप्रकार त्यसले स्वयम् वस्तुहरु तथा प्रक्रियाहरुमा एक यस्तो अन्तरविरोधको वास्तविकतालाई स्वीकार गर्दछ, जुन यसको अतिरिक्त एक वास्तविक शक्ति पनि हो ।
(५) जीवनमा पनि अन्तरविरोधबाट कोही कसैले छुट्कारा पाउन सक्दैन । अत: जीवन पनि एक अन्तरविरोध हो जुन स्वयम् वस्तुहरु र प्रक्रियामा विद्यमान हुन्छ र जुन लगातार उत्पन्न हुँदै रहन्छ र जुन स्वयम् लगातार हल हुँदै रहन्छ, र जब अन्तरविरोध समाप्त हुन्छ, तब जीवन पनि अन्त हुन्छ र मृत्यु आउँदछ ।
(६) चिन्तनको क्षेत्रमा पनि हामि अन्तरविरोधबाट छुटकारा पाउन सक्दैनौँ । उदाहरणको लागि, मानिसको ज्ञान प्राप्त गर्ने मूलतः असीमित सामर्थ्य तथा केबल बाह्य रुपबाट सिमित र परिमित संज्ञान भएका मानिसहरूमा त्यसको वास्तविक उपस्थितिको बिचमा पाइने अन्तरविरोधको हल कम्तीमा पनि व्यावहारिक रुपमा हाम्रो पुस्ताहरुको अन्तहिन क्रममा अनन्त उन्नतिमा पाइन्छ ।`
मा-ले-वाद-का तीन संघटक शाश्वत क्षेत्रमध्ये द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनअनुसार कुनै पनि विपरीत पक्षहरू बिच एकता-सङ्घर्ष -रुपान्तरण र फेरि एकता -सङ्घर्ष -रुपान्तरण को प्रक्रियालाई हरेक व्यक्तिले गहिरोसँग बुझ्ने र त्यही अनुसार समय(time) र स्थान (space) को आधार हेरेर प्रयोग र विकास गर्न आ-आफ्नो ठाँउबाट जोड गर्नुपर्दछ ।
- मार्क्सको विधि( Marx`s methodology ):
मार्क्सले प्रकृति मानवसमाज र चिन्तनको कुनै पनि विषय वा घट्नाक्रमलाई अध्ययन अनुसन्धान गर्न वैज्ञानिक नयाँ सुत्रहरु विधिहरु (methodologies) आबिस्कार गर्नुभयो । भौतिक शास्त्र तथा रासायनिक शास्त्रमा सुत्रहरुको आधारबाट समस्याको समाधान गर्दछ। त्यसैगरी मानव समाजमा हुने सबै किसिमको घटनाहरुको भौतिक विज्ञानको सुत्र तथा विधिहरु प्रयोग गरेर सहि निस्कर्स निकाल्न नसक्ने हुँदा मार्क्सले हेगेलको भौतिक आदर्शवादी दर्शन र रिकार्डोको आर्थिक विचाराधाराको अमूर्त तर्कना विधिको (Deductive abstract reasoning) गहिरो अध्ययन अनुसन्धान गरी अधुरो रहेको त्यस अमूर्त तर्कना विधिलाई (method of abstract reasoning) परिमार्जन तथा विकास गरेको छ।
‘मार्क्सको ‘वैज्ञानिक अमूर्तिकरण’को अर्थ काल्पनिक सिद्धान्त निकाल्ने विधि होइन । उनको अमूर्तिकरण ठोस समाधानसँग सम्बन्धित छ । वैज्ञानिक अमूर्तिकरण भनेको समस्याको बिश्लेसनलाई तिनवटा चरणहरुमा लैजानु हो-सबैभन्दा पहिले के बिसयमा अनुसन्धान गर्ने हो भन्ने कुरा खुट्टाउनु,दोस्रो -समस्याको आधारभूत पक्ष के हो भनेर निर्क्यौल गर्नु र तेस्रो अध्ययन गर्न खोजेको मुल विषयलाई त्यसशीत जोडिएका अरु गैर महत्त्वपूर्ण विषयहरुबाट अलग्याउनु अर्थात मुल विषयलाई एक्लो रूपमा हेर्नू`।(पेज ११७ मार्क्सवादी अर्थ शास्त्र , पौडेल बिजय कुमार २०७४)
कुनै पनि विषयवस्तु घटनामा धेरै समस्याहरु हुन्छन् र तिनीहरु एक अर्कासँग सम्बन्धित हुन्छन् ।अत:ती समस्यामध्ये मुख्यलाई एक्लो पारेर विभिन्न तर्क गरी अध्ययन गर्नुलाई वैज्ञानिक अमूर्तिकरन तर्कना विधि (method of scientific abstraction) भनिन्छ । यस वैज्ञानिक अमूर्त तर्कना विधिका तीन चरण ´पहिले सम्बन्धित विषयवस्तु वा परिघटनाहरुको ठोस रुपको समग्र अध्ययन, दोस्रो अमूर्त तर्कना, तेस्रो प्राप्त परिणामको विश्लेषण । हाम्रो संवेदनाको माध्यमबाट हामीले कुनै पनि वस्तु वा सामाजिक परिघटना (ठोस विषय)बारे आफ्नो दिमागमा एउटा धारणा बनाएका हुन्छौँ । यसैले देखिएको वा अनुभव गरिएको विषयवस्तु बारेको हाम्रो ज्ञान संवेदनात्मक ठोस संवेदनात्मक मूर्त (sensory concrete )हुन्छ ।´(पेज ११८ ए पौडेल )
हेगेलको आदर्शवादी भौतिकवादलाई मार्क्सले परिमार्जित गरी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दर्शनको विश्व दृष्टिकोणको विकास गर्नुभयो । रिकार्डोको तीन चरण को अमूर्त तर्कना विधिमा मार्क्सले पछि चौथो चरण सैद्धान्तिक/सामान्यिकरण विकास गरी सम्बृध्द गर्नुभयो। ´संवेदनात्मक यथार्थ (ठोस विषयवस्तु), अमूर्त तर्कना(वैज्ञानिक एकलिकरण), मानसिक यथार्थ (प्राप्त निष्कर्ष), सैद्धान्तिक /सामान्यिकरण ´(पेज १२० पौडेल ) यसरी मार्क्सले सामाजिक विज्ञानको क्षेत्रहमा भौतिक शास्त्रका विधिहरुले काम नगर्ने हुँदा वैज्ञानिक एकलिकरण गरेका विषयमा विभिन्न तर्क वितर्क चिन्तन गरी सही नतिजा निकाल्न यस विधिको प्रयोगबाट मार्क्सवादको विकास गर्नुभयो । मार्क्सको यो वैज्ञानिक अमूर्तिकरन तर्कना विधि (method of scientific abstract reasoning ) सामाजिक सांस्कृतिक आर्थिक अर्थात सबै घटना क्षेत्रहरूमा अध्ययन अनुसन्धानको लागि कोसे ढुङ्गा साबित भएको छ।
(४) विचारधारा राजनीतिक कार्यदिशा र सूचना प्रविधि(Information technology) , न्युरोलोजि (Neurology), सत्योत्तर(post-Truth) र समय(time)-स्थान (space) :
(क) सूचना प्रविधि : अहिलेको विज्ञान प्रविधि सूचनाको विकासको गतिमा अभ्यस्त हुँदै गइरहेको मानव समाजको चिन्तन र आचरणलाई गहिरोसँग अध्ययन अनुसन्धान गरी हरेक राजनीतिक द्लहरुले आफ्नो विचारधारा र राजनीतिक कार्यदिशा रणनीति, कार्यनीति र कार्यक्रमको विकास गरी अहिलेको डिजिटल युगको मानव समाजलाई नेतृत्व दिन सक्नुपर्दछ । अहिलेको सूचना प्रविधि डिजिटल युग, इन्टरनेट नै सबै चिज हो अर्थात डिजिटल डिक्टेटरसिप (Digital Dictatorship) युगमा सबै डेटा(data) सूचना जोसँग केन्द्रित हुन्छ त्यही नै शक्तिशाली हुन्छ । तसर्थ सूचना प्रविधिमा भएको ए आइ(artificial intelligence ) ले गर्दा व्यक्तिको खास सामाजिक सांस्कृतिक राजनीतिक मूल्य मान्यता तथा राज्यको प्रकृति एबम भुमिकालाई समेत पुनरभासित गर्नु पर्नेछ साथै मानिसले गर्नुपर्ने कामहरू मेसिनले गर्न थाले पछि मानिसको सामुहिक गतिविधि , सैनिक क्षेत्र राजनीतिक सहभागितको क्षेत्र आदि प्रतिको बुझाइमा असर पारेको छ ।
राजनीतिक दलहरूले बिसौँ शताब्दी सम्म राज्यसत्ता एवं सबै संघ संस्थाहरुमाथि नियन्त्रण एवं दिशानिर्देश गर्न सक्दथे । तर अहिलेको सूचना प्रविधिको विकासको गति अनुसार कम्युनिस्ट पार्टी र अन्य राजनीतिक दलहरूले पार्टीको विचारधारा राजनीतिक कार्यदिशा र कार्यक्रम विकास गरी सबैलाई दिशानिर्देश र नियन्त्रण गर्न सकेका छैनन् । किनभने सम्पुर्ण डेटाको नियन्त्रण राज्यसँग हुँदैन । राज्यलाई संसारमा के भइरहेको छ थाहै हुँदैन । तसर्थ राज्यको काम प्रशासनिक र व्यवस्थापन गर्ने मात्र हुने तर कम्युनिस्ट पार्टी र राजनीतिक दलले राज्यसत्ता तथा सबै संघ संस्था सूचना प्रविधिमाथि पनि नियन्त्रण र दिशानिर्देश गर्न सक्ने विचारधारा राजनीतिक कार्यदिशाको विकास गर्न सक्नु पर्छ । अहिलेको मुख्य अन्तरविरोध भनेको विचारधारा राजनीति कार्यदिशाले सूचना प्रविधिको विकासबाट पारेको सकारात्मक र नकारात्मक प्रभावहरुलाइ नियन्त्रण तथा दिशानिर्देश गर्न नसक्नु हो।
(ख) स्नायु-विज्ञान (neurology ):करिब दुई दशक अघिदेखि अहिलेसम्म मानव मस्तिष्कले कसरी काम गर्दछ भन्ने कुरा विज्ञान प्रविधिको माध्यमबाट पत्ता लगाएको कुरा स्मरण नै छ । यसक्रममा विकसित देशको ठूला उत्पादन कम्पनीहरुले कस्ताकस्ता सामानहरु उत्पादन गरी कसरी ती सामानहरुलाई उपभोक्ताहरुमा खरिदबिक्री गर्न कसरी सकिन्छ भनी उत्पादन कम्पनीका मालिकहरुले यसलाई न्युरो मार्केटिङको रणनीति निर्माणमा पहिलो पटक प्रयोग गरेको पाइन्छ । ती उत्पादन कम्पनीहरुले सामानहरुको आकर्षक विज्ञापन मार्फत उपभोक्तामा पुर्याउनुको लागि विभिन्न रणनीति र कार्यनीति बनायको पाइन्छ । बिकसित देश्का कतिपय राजनीति दलहरूले न्युरोलोजी को आधारमा आम मतदाताको अभिलाषा र इच्छाहरुको सर्भे गरी पार्टीको रणनीति कार्यनीति कार्यक्रम बनाएको देखिन्छ । यस क्रममा भारतमा भाजपा, आमआदमी पार्टी र संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पले न्युरोलोजीको प्रयोग गरी आम मतदातालाई प्रभाव पारेको पाइन्छ।
मानवको मस्तिष्क अर्बौ सेलबाट बनेको हुन्छ । मानव मस्तिष्कका तीन तहहरुका बारेमा सामान्यतया बुझ्न आवश्यक हुनेछ ।पहिलो:सबभन्दा माथील्लो पत्र ,जसलाई नयाँ मस्तिष्क (न्यु कोर्टेक्स) भनिन्छ । दोस्रो: बिचको पत्र, जसलाई मध्यमस्तिष्क (लिम्बिक सिस्टम) भनिन्छ । तेस्रो: सबैभन्दा भित्री पत्रलाई पुरानो मस्तिष्क भनिन्छ ।
यी माथिका पहिलो नयाँ मस्तिष्क तथा दोस्रो मद्ध्य मस्तिष्कबाट पठाएको सूचना सम्प्रेषणको आधारमा तेस्रो पुरानो मस्तिष्कले ती दुई मस्तिष्क बिचको कुराकानी छलफलबाट गरिएको निर्णयलाइ नै हरेकले कार्यान्वयन गर्दछन् अर्थात कुन पार्टीमा लाग्ने वा कुन पार्टीलाई भोट दिने वा नदिने के गर्ने वा नगर्ने आदि जस्ता सम्बन्धित सबै विषयहरुको अन्तिम निर्णय पहिलो नयाँ मस्तिष्क र दोस्रो लिम्बिक मस्तिष्कले पठाएको सूचनाको आधारमा तेस्रो पुरानो मस्तिष्कले(स्टेम ब्रेन)निर्णय गरेको अनुसार मानिसले आफ्नो कामहरू गर्ने गर्दछ ।
(ग)सत्योत्तर(post-truth ):सन १९८९ अमेरिकी राजनीति शास्त्री फ्रान्सिस फुकुयामाले ´इतिहासको अन्त्य`लेखबाट कम्युनिस्ट समाजवादी शासन व्यवस्था, राजतन्त्र र फाँसीवादी शासनको अर्थात कम्युनिस्ट मा-ले-मा-वादी विचारधारा राजनीति व्यवस्थाको अन्त्य भएको उल्लेख गरेदेखि अहिलेसम्म यो वा त्यो नाममा निरन्तर विरोध गरिरहेको पाइन्छ । अर्कोतिर उदारवादी लोकतन्त्रलाई नै विश्वव्यापी लोकतान्त्रिक व्यवस्थाको ´अन्तिम बिन्दु’ हुने भन्ने भाष्यको सिर्जना गरी रहेको पाइन्छ । तर पछिल्लो चरण फुकुयामाले इतिहासको अन्त्यको ती आफ्नो निष्कर्सहरुलाइ सच्चायको पाइन्छ।
सन् १९९० को दशकदेखि विकसित पहिचान (identity ) र स्वीकृति (recognition )को राजनीति यी दुबैलाई बहस छलफलमा ल्याएर मुख्यत मार्क्सवादी राज्यसत्ताका पक्षधर क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैचारिक राजनीतिकलाई (ideological political) विस्थापित गर्न ल्यायको स्पस्ट नै छ । पहिचानको राजनितिक(identity political) र स्वीकृतिको राजनीतक (recognition political )सास्कृतिक आदि को मुद्दाको बहस गरेर विचारको राजनीतिलाइ बिपरित पक्षमा उभ्याउने प्रयास गरेको देखिन्छ अर्थात विचारको राजनीतिप्रति आम जनताको आकर्षणलाई घटाउने काम पहिचान (identity)र स्वीकृति (recognition ) ले विचारको अन्त्य(End of History) वैचारिक राजनीतिलाई चुनौती दिइरहेको पाइन्छ ।
करिब एक दशकदेखि सत्योत्तर राजनीतिले (post-truth politics) मुख्यत मार्क्सवादी राज्यसत्ताको वैचारिक राजनीतिको विरुद्ध केही दशकअघि जन्मिएको पहिचान (identity) र स्वीकृति (recognition) समेतको राजनीति मुद्दा विरुद्ध पनि यो post-truth राजनीतिको भाष्य खडा गरिरहेको कुरा स्पष्ट देखिन्छ । यस् post-truth को राजनीतिको विशेषता भनेको वैचारिक राजनीतिकलाई बहस छलफल गर्ने वातावरणलाई ध्वस्त गरी दियको छ । त्यसैगरी सामान्य घटना वा आचरणगत विषयलाई मुख्य बनाउने अशिष्ट शैली छिटोभन्दा छिटो रुपबाट प्रतिक्रिया दियर घोर दक्षिणपन्थी चिन्तनमा आधारित भयर पोपुलिजम कार्यक्रम नै post-truth राजनीतिको विशेषता रहेको देखिन्छ । यतिखेरको अधिकांस नयाँ पुस्ताहरु सूचना प्रविधि facebook online आदिको झुठो समाचारलाई सत्य मानी सत्य र तथ्यको खोज अनुसन्धान नगर्ने र ती झुठा समाचारलाई सत्य मान्दछन् र आ-आफ्नो धारणा बनाउन पुग्दछ। facebook आदिका समाचारको सत्य तथ्यको खोज अनुसन्धान नगरी बिल्कुल एकाङ्गी एकोहोरो निरपेक्ष भयर नयाँ पुस्ता तर विचार बिहिन पार्टी मा लागेको देखिन्छ । डोनाल्ड ट्रम्पले post-truth को राजनीतिको मानक मानिन्छ । त्यसैगरी नेपालमा रवि लामिछानेको पार्टीले पनि post-truth को राजनीति अबलम्बन गरेको देखिन्छ । समय(time) र स्थान(space):कुनै पनि काम गर्नको लागि कुनै पनि व्यक्तिले वा पार्टीले आफ्नो हैसियत वा शक्ति र विपक्षको हैसियत वा शक्तिको अनुमान गरेर मात्र आफ्नो योजना कार्यान्वयन गर्नुपर्दछ।








































