१ भदौ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाका पहिलो नगरप्रमुख राजेन्द्ररमण खनालको निधनप्रति शोक व्यक्त गर्दै बेलकोटगढी नगरपालिकाले सोमबार शोक बिदा दिएको छ।क्यान्सर रोगबाट ग्रसित खनालको आइतबार काठमाडौँस्थित जनमैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नगरपालिकाले भदौ १ गते सोमबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवाबाहेक) तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरूमा एक दिन सार्वजनिक शोक बिदा दिएको सूचना जारी गरी जनाएको हो ।
नेकपा एमाले नुवाकोटका उपाध्यक्ष समेत रहनुभएका खनाल २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । साविक मदानपूर गाविसको उपाध्यक्ष समेत रहनुभएका खनाल त्यसअघि जिल्ला विकास समिति नूवाकोटको सदस्य समेत हुनुहुन्थ्यो ।स्वर्गीय खनालको आइतबार नै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।









































