काठमाडौँ ।
सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश दिएको छ । गत बुधबार राती वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको भन्दै परेको जाहेरीका आधारमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।
जनआस्था अनलाइनमा २०८३ साउन २५ गते प्रकाशित एक समाचार र तस्वीरलाई लिएर वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै श्रेष्ठको घर र कार्यालयबाट बरामद गरिएका कम्प्युटर र अन्य उपकरणसमेत फिर्ता गर्न निर्देशन दिएको छ ।
प्रहरीले जनआस्थाको कार्यालय र पत्रकार श्रेष्ठको घरबाट साउन २७ र २८ गते कम्प्युटर लगायतका सञ्चार उपकरण बरामद गरेको थियो । बरामद गरिएका ६ थान सीपीयू , कम्प्युटर, मोबाइल, ल्यापटप र आइप्याडहरू सर्वोच्च अदालतका सहरजिस्ट्रारको रोहबरमा निवेदक सरस्वती श्रेष्ठलाई फिर्ता गर्न र सोको निस्सा मिसिल सामेल राख्न अदालतको संक्षिप्त आदेशमा भनिएको छ ।
संक्षिप्त आदेशको पूर्ण विवरण;





























































