काठमाडौँ ।
गीतकार नारायण खतिवडाको शब्द रचना र संगीतकार महेश खडकाको आवाजमा तयार भएको “बचाऊ–बचाऊ” बोलको गीत अन्तर्राष्ट्रिय प्लेटपर्महरूमा सार्वजनिक भएको छ । हजारौँ गीतमा संगीत सिर्जना गरेर लोकप्रिय बनेका खड्काले यस गीतमार्फत गायकका रूपमा पनि उत्कृष्ट क्षमता देखाएका छन् ।
यस गीतलाई नमस्ते नेपाल डिजिटल स्टूडियो मार्फत प्रमुख अन्तर्राष्ट्रिय प्लेटपर्महरूमा सार्वजनिक गरिएको छ । गीतमा आजभोलि स्वार्थले प्रेरित भएका व्यक्तिहरू धेरै हुन्छ्न् । त्यस्ता नजिकका व्यक्तिहरूबाट नै विश्वासघात र धोका हुनसक्दछ । तसर्थ, आजभोली आफ्ना कतिपय कुराहरू सीमित ब्यक्तिमा मात्रै साझा गर्नु उचित हुन्छ भन्ने सन्देश दिएको छ ।
खतिवडाका यसअघि स्वदेश छोडी, मनका कुरा, देखु- देखु, मेरो बादल, चोखो चोखो, स्वार्थी सन्सार लगायतमा थुप्रै गीतहरूमा कुन्ती मोक्तान, मेलिना राई, दिपा नारायण झा, ईश्वर अमात्य, सहिमा श्रेष्ठ, स्वरूपराज आचार्य लगायतले स्वर दिएका छन् भने आलोक श्री, शिलाबहादुर मोक्तान, दिपक शर्मा, महेश खडका, लक्षण शेष लगायतले संगीत दिएका छन् । खतिवडाका सम्झनाका पाइलाहरू, बहार नामक गीति सङ्ग्रहका पुस्तकहरू समेत प्रकाशित भइसकेका छन् । खतिवडा आठौ राष्ट्रिय खेलकुद गीतका प्रथम पुरस्कार प्राप्त गीतकार समेत हुन् जसमा वसन्त सापकोटाको संगीत र कोमल वलीको स्वर रहेको छ ।








































