काठमाडौ ।
कास्कि जिल्ला भुमिमा जन्मिनुभएकी सविना शेर्पा कलाकार हो वा पत्रकार? जो कोहीलाइ छुट्याउनै मुस्किल पर्छ । सञ्चारमाध्याममा बारम्बार नाम र आवाज सुनिएको सविनाको एकाएक गित पनी सुनिन पाएपछी उहाँका सुभचिन्तकहरु अचम्मित मात्रै होइन हर्षित समेत भए । जिवनमा अनेकौँ संघर्ष गर्नुभएका सविनाले पोखराको रेडियो जननी देखी तनहुँको रेडियो भानुभक्त बाट समेत आवाज दिनुभएको थियो । संघर्षकै जिवनमा काठमाडौ प्रवेश गर्नुभएकी सविनाले एकाएक कलाकारीतामा समेत हात हाल्न पुग्नुभयो । हाल आधादर्जन बढी गितमा आवाज दिनुभएकी सविनाले सञ्चारकर्मीको पेशा समेत अंगालिरहनुभएको छ । जिवनमा संघर्षको मैदानमा उत्रिएपछी कसैको साथको कमी नहुने र सबैले साथ दिनेमा सविना बिश्वस्त हुनुहुन्छ । सञ्चारकर्मी र कलाकार दुवै भन्न रुचाउने सविनाले यसै क्षेत्रमा आफ्नो भविष्य बनाउने सोच गर्नुभएको छ ।