अंकारा, ३ फागुन
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुग्नुभएको समाचार छ । बिहीबार बिहान उहाँ टर्कीको राजधानी अंकारा अवतवरण गर्नुभएको बताइएको छ ।
टर्किस् अधिकारीहरुले उहाँ बिहीबार विहान अंकारा आइपुग्नुभएको अधिकारीहरुले जनाएका छन् । हालैमात्र टर्की र सिरियाकाबीचमा बढ्दो असमझदारीकाबीच उहाँ बिहीबार अंकारा पुग्नुभएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री टिलर्सन गत जुलाईमा पनि भ्रमण गर्नुभएको थियो । यस पटकको भ्रमणकाक्रममा उहाँले टर्किस् राष्ट्रपति रिसेप तयप एर्दाेगान र यहाँका विदेशमन्त्री मेभलट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नुहुने छ ।
सिरियामा रहेका कुर्दिसहरुका विरुद्ध हालैका दिनहरुमा टर्कीको सेनाले जारी राखेको कारबाहीका कारण पछिल्लो समयमा समस्या उत्पन्न भइरहेको छ ।
यस बारेमा पनि भ्रमणका क्रममा उहाँले टर्किस् अधिकारीहरुसँग कुराकानी गर्नुहुने समाचारमा जनाइएको छ ।






































