काठमाडौं : माघ १५, प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी अनुदान सहयोग (एमसीसी) ले नेपालको सार्वभौम सत्तामा कुनै असर नगर्ने बताएका छन् । सत्तारुढ नकपाको केन्द्रीय समितिको बैठकमा ओलीले सो दाबी गरेका हुन् । पार्टी एकता भएको करिब दुई बर्षपछि पहिलो पटक बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, एमसीसीले देशको सभेरनेटी अर्थात् सार्वभौमिकतामा असर पर्ने पनि प्रावधानहरु छैनन् । अमेरिका र नेपालको बीचमा पटक पटक छलफल भएको छ ।
यो सम्झौता सन् २०१६ मै कांग्रेसले गरेको हो । पछिल्लो समय महरा जीले पनि यो बिषयमा छलफल गर्नु भएको हो । पहिल्यै विकास हुनु पथ्र्यो । तर भएन । त्यही कारण अहिले अनाआवश्यक विवाद भएको छ । भारतसँग पनि सहमति भईसकेको छ । अब यो बिषयमा अमेरिकाले पनि स्पष्टिकरण दिईसकेको छ । यो सम्झौता प्रत्येक छ छ महिना पुनरावलोक गर्ने सक्ने प्रावधान रहेको छ । अमेरिकाले चाहेमा पनि यसलाई भंग गर्न सक्छ र नेपालले पनि तोड्न सक्छ । त्यसकारण यो नेपालको हितमा रहेको छ अध्यष ओलीले भने ।








































