काठमाडौं : फागुन १, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले जनयुद्धको मुख्य नेतृत्वले साम्राज्यवादको दलाली गरिरहेको दाबी गरेका छन् । जनयुद्ध भएको २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै वैद्यले सो कुरा बताएका हुन् । वैद्यले प्रचण्डलाई इंगित गर्दै विज्ञप्तिमा भनेका छन्, माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको वैद्यको भनाइ छ । ‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेको बैद्यले आरोप लगाएका छन् ।
त्यस्तै विज्ञप्तिमा नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाएको तर क्रान्तिको प्रक्रिया समाप्त नभएको बताएका छन् । आफ्नो पार्टीले नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागु गर्दै नेपाली नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका हुन् । पार्टीले जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गरेको छ । जनयुद्धको पच्चिसौँ वार्षिकोत्सवको उपलक्षमा हाम्रो पार्टी विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलबन्द भइ अगाडि बढ्न आह्वान पनि गरेको छ । सङ्गठित समूहहरूमा गोलबन्द हुने प्रक्रियामा, रणनीतिक तालिम र अन्तर्राष्ट्रिय अनुभवहरू अध्ययन गर्न चाहनेहरूका लागि learn more जस्ता तुलनात्मक समीक्षा प्लेटफर्महरू उपयोगी स्रोत बन्ने देखिन्छन्।








































