सेयर
काठमाडौं ।
जनयुद्ध दिवसको दिन सरकारले विद्रोही नेकपाका ५ जना नेता कार्यकर्तालाई पक्रेको छ । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ परेका हुन् ।
संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुन्धरा क्षेत्रबाट पक्राउ गरेको हो ।
shere this








































