सेयर
सम्बत सम्बतमा मैना सुनार
त्यो बर्ष पनि
कालो बादलको सारी लगाएर
मेघ गर्जिएकै थियोे
बुटहरुले छातीलाई राजमार्ग बनाएकै थिए
हजारौं आमाहरूको आँशुले सभ्यताको हागो भाचेकै थियो
जङी पोशाक लगाएर बन्दुकहरुले
गाएका थिए कर्कस भजन
आधीले हुत्याउदै ल्यायो
एउटा नरम फुलको थुङ्गो
सत्ताको बन्दुकको नालले
फुललाइ टपक्क टिप्यो
र गुप्ताङमा बेस्करी लठ्ठी कोच्यो
मैना मैना मैना
एउटा आमाको आवाज
आतंककारी हावामै मिसियो
हजारौं हजार कविताले
पलमै गरे आत्महत्या
त्यो बर्ष पनि खेतमा
लहलह झुलेकै थिए धानको बाला
फर्सीको लहरा छानामा पुगेर
कयडाहरुले फलेकै थिए
थिएन त थिएन
सुरिलो गीतमा कम्मर मर्काउने
एउटी पहाडी केटीको मुस्कान थिएन
त्यो बर्षपनि शरदको याममा
आएकी थिइन पहाडी चरी
बिरहको भाका सुसेल्दै
रसुवाली कवी
shere this