
चिनियाँ राष्ट्रपति सि.जिङ पिङले (प्रारम्भ) पहल गर्नुभएको एक पाटो र एक बाटो योजनामा नेपाल लगायतका भित्र देशहरुले सकारात्मक प्रतिक्रिया जनाएका छन् । यो पहलको मुख्य उद्देश्य नीतिगत रुपमा सहयोग आदान प्रदान, यातायातले एक आपसमा जोड्नु, व्यापार बढाउनु, आर्थिक सहयोग आदान प्रदान र जनता जनता बिचको सहकार्य बढाउनु हो ।
१. चीन र दक्षिण एसियाको यातायात विस्तार ९ष्लिपबनभ० ले नेपाललाई भौगोलिक महत्व हुनेछ ।
दक्षिण एसियाका आठ देशमध्ये अफगानिस्तान, पाकिस्तान, भारत, भुटान र नेपालसँग सीमा जोडिएका छन् । जो सिञ्ज्यानदेखि तिब्बतसम्म ५००० किलोमिटर बोर्डर लाईन छ । यो क्षेत्र ओरिण्टेड ओपनिङ अफ र पूर्वी वार्ड “करिडोर विकास” क्षेत्रको लागि मुख्य द्धारा हुनेछ । यो भारत चीन सीमा क्षेत्रको राजनीतिक विषय बन्नेछ । जबकी चीन–अफगानिस्तान र चीन पाकिस्तान सीमा क्षेत्र भूगोल र हावापानीको अवस्थाले निक्कै जटिल रहेको छ । अहिले पनि चीनको भुटानसँग कुटनीतिक सम्बन्ध छैन । त्यसकारण १४१५ कि.मी. नेपाल–चीन बोर्डर चीन र दक्षिण एसियाको लागि पुल बन्न सक्छ । यद्धपी नेपालले ३२२ निकास ९एबककबनभ० मध्ये १८४ मात्र तिब्बतले दक्षिण एसिया प्रस्ताव गरेछ ।
नेपालले वान वेल्ड वान रोड र एक्काइसौँ शताब्दीको सामुद्रिक मार्गसँग जोडिएको छ । अथवा स्थल र सामुद्रिक (ओवि ओआ इनसेएटिभ) मार्गसँग जोडिएको छ । त्यस्तै नेपाल म्यान्मार, चीन, बंगलादेश र भारत ९द्यक्ष्अm० र चीन पाकिस्तान आर्थिक करिडोर ९ऋएभ्ऋ० जस्ता क्षेत्रीय आर्थिक करिडोरसँग जोडिएको छ ।
२. चीन दक्षिण एसियाको सांस्कृतिक तथा धार्मिक आदान प्रदान केन्द्र बन्न सक्छ । पुल बन्न सक्छ । जनता जनता बिचको सञ्चारको लागि नेपाल २००० वर्ष पुरानो बुद्ध दर्शन तथा सांस्कृतिक आदान प्रदान गर्न जनस्तरमा चीन नेपालको बीचमा एक बाटो एक पाटोको फेमवर्क रहेर गर्न महत्वपूर्ण हुनेछ । जनता जनता बिचका सम्बन्धले नेपाल चीनको सम्बन्ध अझै विकास हुनेछ । जसले गर्दा नेपाल चीन राजनीतिक पार्टीका नेता, जनसेवा, पत्रकार, व्यवसायी, विद्यार्थी र सामान्य जनतालाई पनि निक्कै सहयोग पुग्ने छ ।
३. प्राकृतिक स्रोत साधन तथा आर्थिक संरचना नेपाल र चीन प्राकृतिक स्रोत र साधान र आर्थिक सहयोगलाई बलियो तरिकाले बढाउन आतुर छन् । नेपालमा जल विद्युत विकासको संभावना रहेको छ ।
४. नेपाल चीनको संयुक्त विकासमा ओविओआर र ठोस आर्थिक विकास नीतिमा सहयोग पुग्नेछ ।
नेपाल र चीन दुवै देश विकसित देश हुन् । दुवै देशको आर्थिक विकास गर्न जनताको स्तर उकास्न जरुरी छ । नेपालले शान्तिपूर्ण सह–अस्तित्व र असंलग्न नीति अपनाउनुका साथै चीनको स्वतन्त्र र स्वयत्तता को विषयमा नेपाल एक मत छ । यसले दुई छिमेकी देशको अन्तर्राष्ट्रिय मामिलामा साझाका साथै एकमत देखिन्छन् । चीनले सँधै नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको नीति अपनाएको छ । त्यसकारण नेपालको आन्तरिक मामिलामा सम्मान गर्दै आएको छ । यद्यपी नेपालमा छिटो छिटो राजनीतिक परिवर्तन भएपनि चीनले यसलाई सम्मान गर्दै आएको छ । स्वस्थ रुपमा अगाडि बढिरहेको नेपाल चीन सम्बन्ध सार्वभौमिकता र भौगोलिक एकता दुवै देशको सुरक्षित गर्दै आएका छन् ।
५. विकसित अन्र्तराष्ट्रिय अवस्था र चीन भारत सम्बन्धमा सुधार हुँदै आएको अवस्थामा नेपालको रणनीतिक एक पाटो एक बाटो योजनाको सुरुवातमा फाइदा लिनु सक्छ ।
२१ औँ शताब्दिमा उदाउँदै गरेको रसिया र यसले गरेको विकास मुख्य रहँदै आएको छ । चीन भारतको सम्बन्ध जनतादेखि जनता र सरकारी तहमा सुधार हुँदै आएको छ । अहिले भारतले एक पाटो एक बाटोमा सहभागी हुने अनिच्छा देखाएको छ । जसमा साझा फाइदा र सहयोग आदान प्रदान हुनेछ ।
भारत र चीनको बीचमा रहेका नेपालले विशेष गरी पूर्व र अमेरिकाबाट सावधानी अपनाएको छ । एक पाटो एक बाटोले समानता, साझा हित र ध्ष्ल(धष्ल सहकार्यको नीति अपनाएको छ । त्यसकारण सबै पक्षलाई व्यालेन्स गरेर नेपाल अगाडि बढ्न सक्नेछ ।
नेपाल चीन दुई पक्षीय सहयोग महत्वपूर्ण पाटो हो । नेपाल चीन सहयोग बहुआयामिक क्षेत्रमा फाईदा जनक रहेको छ । इद्यइच् मा हुने नेपालको सहभागीताले चीन भारतको मतभेद घटाउन भूमिका खेल्नेछ । अहिले नेपालमा अमेरिकाले बढाईरहेको अनावश्यक चासो र चीन विरुद्धको नांगो कुदृष्टि लगाई रहेको छ । इद्यइच् मा नेपालको सहभागीताले हिमालय क्षेत्रमा सम्भावता विकास तथा आदान प्रदान गर्न सहयोग मिल्नेछ । विशिष्ट भू राजनीतिक अवस्थाले नेपाल चीन सम्बन्ध विश्व शान्तिका लागि महत्वपूर्ण रहेको छ ।
नेपाल चीन सहकार्यमा बाधा
१. विश्वव्यापी रुपमा, पश्चिमा तथा अमेरिका विभिन्न क्षेत्रमा बाधा गरिरहेछन्, जुन निम्न प्रकार छन्
अमेरिका र युरोपले नेपाललाई उपयोग गर्न महत्वपूर्ण मानिरहेका छन्, अमेरिकाले नेपालमा सेप्टेम्बर ११ को घटना पछि आतंकवाद नियन्त्रणको नाममा हस्तक्षेप बढाउने प्रयत्न गरिरहेको छ । यो भारत अमेरिकाको सम्बन्ध अमेरिकाको स्वार्थको लागि भइरहेको छ । अमेरिकाले तिब्बत स्वतन्त्रताको नाममा विभिन्न तत्व प्रयोग गर्दै आएको छ । जसको लागि नेपालमा केही तत्व चीन विरुद्ध प्रयोग गर्न खोज्दै छ । आफ्नो प्रभुत्व नेपालमा बढाउँदै छ ।
तीन ः उसले केही इण्टेलिनेन्स (गुप्तचर) चीन विरुद्ध नेपालमा प्रयोग गरिरहेको छ ।
अमेरिकाले दक्षिण एसियामा केही गुप्तचर प्रयोग तथा निगरानी गर्दै आएको छ । त्यस्तै उसले नेपाल र चीनको बीचमा सम्बन्ध विगार्न एनजिओ प्रयोग गरेर नेपाल चीन तथा भारत चीन बोर्डरमा क्रिष्टियन (इसाई) धर्मको विस्तार गर्दै आएको छ । यो उसको क्रिष्चियन र बुद्ध, स्लाम र हिन्दुको बीचमा भड्काउने र स्थायीत्व भत्काउने (बोर्डरमा) प्रयत्न गर्दै आएको छ । युरोपियनहरुले पनि नेपालमा एनजिओको प्रयोग गरेर प्रभाव बढाउँदै लगेका छन् । त्यस्तै जापानले पनि आफ्नो विशेष स्वार्थको लागि नम्बर एक विदेशी लगान िगर्ने देश बनाउन खोजि रहेको छ ।
२. भौगोलिक, भारतलाई रोक्नु, चीन–भारत–नेपाल बीचको अस्थीर त्रिपक्षीय सम्बन्ध
नेपालको महत्वपूर्ण आन्तरिक श्रोत नेपाली राजनीति हो । भारतले खुल्लमखुल्ला आफ्नो नेपालमा विशेष स्वार्थ भएको बताउँदै आएको छ । विगतमा नेपाल भारत चीन बीचको त्रिपक्षीय सम्बन्ध कहिलै पनि स्वच्छ रुपमा अगाडि बढेको छैन । तीनै देशका राजनीतिज्ञ, विद्यार्थीले त्रिपक्षीय फरक फरक बुझाई रहँदै आएका छन् । नेपालले सधैँ समान दुरी र सन्तुलितत कुटनीति अपनाएको भन्ने गरेको भए पनि त्यो यथार्थमा त्यस्तो छैन । नेपालको कुटनीतिक सम्बन्ध भारत केन्द्रीत बढि रही आएको छ । नेपाल जब भारतको प्रभुत्वबाट पीडित हुन्छ त्यो अवस्थामा मात्र चीनसँग नजिकिन्छ । भारत र चीनले नेपालको राजनीतिलाई विश्वस्त भएर विश्वास गर्ने छन्, जब नेपालले समान तथा सन्तुलित नीति दुई छिमेकी देशहरुसँग अपनाउने छ ।
चिनियाँ फ्याक्टरलाई भारतीय छायाँ पछि जब नेपाल चीनको बीचमा महत्वपूर्ण सम्बन्ध विकसित हुन खोज्छ । त्रिपक्षीय सम्बन्ध दुई पक्षीय विरोधमा प्रतिकुलता बदलिएको छ । जसले दुई पक्षीय वा त्रिपक्षीय सहयोगलाई असम्भव बनाएको छ ।
३. नेपाल चीन दुई पक्षीय सम्बन्ध असन्तुलित व्यापार, स्वतन्त्रता तिब्बत तत्व, नेपालको अविकिसत पूर्वाधार र काठमाडौँको अस्थिर राजनीति । ८ वर्ष भित्र नेपालमा ७ वटा सरकार परिवर्तन भएका छन्, सन् २००८ यता (जब नेपाल संघीय गणतन्त्र आयो) नेपालमा सक्रिय सबै पार्टीले आफ्नो फरक आन्तरिक नीति अपनाएका छन् ।
नेपाल चीन सम्बन्ध सुधार्न सल्लाह
यी विभिन्न कारण बाबजुद अहिले नेपाल चीन सम्बन्ध सुधार गर्ने उचित समय हो । त्यसका लागि एक पाटो एक बाटोले राम्रो अवसर दिएको छ । दश ओटा बुँदाहरु निम्न प्रकार छन् ।
१. नेपाललाई शान्त र स्वतन्त्र देश बनाउन सहयोग गर्नु पर्छ । र त्यहाँ बढिरहेको ठूला शक्ति केन्द्रको रणभूमि बन्नबाट बचाउनु । नेपालले छिमेकी देश र अन्य देशहरुसँग फरक खालको सम्बन्ध अपनाउनु आवश्यक छ । पश्चिमा (अमेरिका, युरोप र जापानले) नेपालमा आफ्नै खालको तर फरक चासो राखेका छन् । जो छिमेकी देशका विरुद्ध परिलक्षित छ ।
2.नेपालले भारत र चीनसँगको सम्बन्ध र अन्य देशसँगको फरक फरक नीति अपनाउनु पर्दछ । भने भारत र चीन जस्ता छिमेकी देशसँग समान तथा तठस्त नीत अपनाउनु जरुरी छ । जसले गर्दा नेपालको सार्वभौमिकता, राष्ट्रिय एकतामा सहयोग पुग्नेछ ।
3.हिमाली राष्ट्र नेपालको भू–रणनीतिक अवस्थालाई अमेरिका, युरोप र भारत र जापानले गिद्धे नजर लगाइरहेका छन् । नेपाल अझै पनि मध्यपूर्व र मध्य एसियाको जस्तो युद्ध ग्रस्त अवस्थाबाट टाढा छ । जस्तै हाम्रो छिमेकी देश पाकिस्तान र अफगानस्तिन भन्दा सुरक्षित छ । जसरी इण्डो पाकिस्तानको आर्थिक राजनीतिक मुद्दामा निक्कै टाढा छ । जसले गर्दा भारत पाकिस्तानको साझा मुद्दामा चीन र भारतको साझा धारणामा पुग्न कठिन छ । तर भारत चीन नेपाल मामिलामा आर्थिक सामाजिक सुरक्षा र विकासको बारेमा बढी साझा धारणा बनाउन पुग्ने छ ।
4.नेपालले आफ्नो आन्तरिक मामिलामा अझ ठोस हस्तक्षेपको नीतिको अवधारणा अपनाउनु पर्दछ भन्ने चीनले नेपाललाई सल्लाह दिन चाहन्छ । नेपालले त्यस्तो ठोस नीति अपनाएमा चीनले नेपाललाई सांघाई कर्पाेरेशनमा आबद्ध हुन सहयोग गर्न सक्छ । यसले फ्रि तिब्बतको तत्व र नेपाल चीन बोर्डरमा अस्थिरता चाहनेलाई तत्व थ्रेट गर्न सहयोग पुग्नेछ ।
फलस्वरुप भारतलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा चीनको प्रवेश गर्ने बाटोलाई भारतले स्वीकार गर्न दबाब हुनेछ । जसले गर्दा हिन्द महासागर क्षेत्रमा कुटनीतिक सपोर्ट हुनेछ ।
र यो कदमले नेपालको सम्बन्ध मध्य एसियासँग हुनेछ । त्यसले नेपालको उर्जा संकट निर्मुल पार्न मद्दत गर्नेछ । नेपालले त्चबमभ र ट्रान्जिटलाई विकास गर्न चीनलाई सहयोग गर्नु पर्दछ । जसमा नेपाल चीन र भारतको सहभागिता रहने छ ।
५) नेपालको भौगोलिक अवस्थाले एक पाटो एक बाटोको उपयोग गर्दै चीन भारत जोड्ने पुलको द्धाराका रुपमा महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । यसले विकासको लागि फ्रि राईडर काम गर्ने छ । त्यसैले चीनले नेपालको पुनर्निमाणमा सहभागिता मोडलको चाहन्छ । त्यसकारण नेपाल दक्षिण एसियामा चीनको सहभागीतामा मुख्य प्भथ को रुपमा रहने छ । नेपाल ज्यादै कम विकसित देश हो र जो बाहिरी हस्तक्षेपले पीडित रही आएको छ । इद्यइच् को सहायताले नेपाल आफ्नो देशको तीव्र विकास गर्न सक्छ । यो भुटानको हकमा लागु हुन सक्छ । ट्रान्जिठट अर्थतन्त्रले नेपाल चीन भारत आर्थिक मार्ग आर्थिक करिडोको लागि सहयोग पुग्ने छ । जसले हिमालयन क्षेत्रीय सहयोग संयन्त्रलाई समेट्ने, जसमा नेपाल चीन भारत र भुटान रहने छन् । नेपालका कर्मचारीलाई संस्थागत विकासको लागि विभिन्न प्रकारका तालि, सेमिनार दिनका लागि चीन बोलाउन सकिन्छ । जसले गर्दा ग्रास रुटदेखि दुई सरकाकारको बीचमा विश्वास बढाउन मदत गर्ने छ । नेपालका सरकारी कर्मचारीहरुलाई विभिन्न कानुन व्यवसायी र त्यसका पालकहरुसँग छलफल तथा परामर्श गराउँदा त्यसले नेपालको संविधान कार्यान्वयनमा सहयोग पुग्ने छ । नेपालमा पछिल्लो समयमा आएको भुकम्प संकटको सामाधान गर्न, पूर्वधार निर्माणमा चीनको सहभागिताले महत्वपूर्ण सहयो पुग्ने छ ।
६)चिनिया लगानी
चिनिया लगानीकर्तालाई नेपालमा आकर्षण गर्न नेपालका राजनीतिक दल तथा व्यवसायीहरुले विश्वासको वातावरण निर्माण गर्न सक्नु पर्दछ । पछिल्लो समय नेपालको चीनसँग व्यापार घाटा तीव्र गतिमा बढ्दो छ । यो चीनको कारण भन्दा पनि नेपालको लामोसमय देखिको प्रस्पक्टिभले गर्दा हो । त्यसकारण नेपालले चीनको लगानी भित्राएर चीन तथा दक्षिण एसियामा निर्यात गर्न सक्नुपर्दछ । चीनमा अत्याधुनिक उद्योगहरु छन् , नेपालमा पनि त्यस्ता उद्योगहरु चीन र नेपालको सामुहिक वा संयुक्त पहलमा विकास गर्नु पर्दछ । जसले गर्दा नेपाल र चीनको आर्थिक सहयोग परिपुरक रुपमा विकास हुनेछ भने अर्कोतर्फ चिनिया लगानीकर्ताको पनि प्रतिस्पर्लात्मक क्षमतामा विकास हुनेछ । दुई देशले नेपालमा संयुक्त रुपमा जलविद्युत्को विकास गरि तिब्बतमा प्रसारण गर्न सक्नु पर्दछ । नेपालको बजार पहुँचमा चीनले सुधार गर्न खोजिरहेको छ । स्थानीय सरकार, चिनिया लगानकर्ता र नागरिक समाजले संयुक्त उत्पाद, आर्थिक सहयोग र व्यापारिक जोन र प्राविधिक सहयोग नेपाललाई चीनले गर्नसक्नु पर्दछ । नेपाल र चीनको संयुक्त पहलमा पेट्रोलियम पदार्थ नेपाल सप्लाई गर्न पहल लिन जरुरी छ । त्यसका आलवा अरु सहयोगहरु निम्न प्रकार छन् ।
प्हिलो समान्यतया पूर्वधार विकास निर्माण र जलविख्ुत विकास। द्योस्रो तिब्बतबाट शुरु गरेर सिचुवान र युनानमा नेपालको व्यापार विस्तार गर्ने । तेस्रो नेपाल र चीन दुई पक्षीय र त्रिपक्षीय सहमतिमा ( चीन, नेपाल र भारत) को बीचमा बिशेष गरी पूर्वाधार विकास र आर्थिक मोडल निर्माण गरि दक्षिणी भूभागमा साँस्कृतिक र धार्मिक कार्यक्रमको विकास गर्न सकिन्छ ।
७) पर्यटन सहायता
नेपाल पर्यटन स्रोतमा धनी छ । चीनले नेपालको पर्यटन क्षेत्रमा पनि सहयोग गर्न चाहन्छ । जो दुबैको लागि फईदाजनक वा उईन उईन हुनु पर्दछ । अहिले नेपालको पर्यटन क्षेत्र यातायातको उचच खर्चले पीडित छ । जसमा चाईना एयरलाईन र दक्षिण एयर वायुसेवा निगमले पर्यटकहरुको खर्च पुग्न निक्कै कठीन छ । नेपालको पर्यटन विकासका लागि पहिलो नम्बरमा सडक र यातायात सुविधा हुनुपर्दछ । त्यस्तै पर्यटन रुटलाई सुधार गर्ने, मध्यमवर्गका पर्यटक बढाउन पर्यटन खर्च घटाउनु पर्दछ । त्यस्तै लगानकिर्तालाई नेपालको पर्यटनकोृ विकास गर्न होटल, रेस्टुरेण्टमा लगानी गर्न प्रोत्साहित गर्नुपर्दछ । पर्यटन एजेन्सी नेपालका नागरिक बाहेक अरु देशका नागरिकलाई सञ्चालन गर्न दिनु हुँदैन ।
८) साँस्कृतिक आदान प्रदान
चीनले नेपालसँग मिलेर गीत संगीत तथा साँस्कृतिक आदान प्रदान गर्न संयुक्त कार्यक्रम गर्न चाहन्छ । त्यसका लागि शिक्षा, तालिम र पुस्तक प्रदर्शनी गर्न चाहन्छ । जसका लागि डूलो लगानी आवश्यक पर्दैन । त्यसले तीव्र रुप्मा नेपाली पर्यटकलाई चीनको साूँकृति र तिव्व्तियन साँस्कृतिको बारेमा बुझ्न सहज हुनेछ । कन्फ्युसियस ईन्सिटिउट, विद्यार्थी साँटासाट र छात्रबुद्धिले साँस्कृतिक आदान प्रदान तथा विकासमा सहयोग पुग्ने छ ।
९) उच्च शिक्षमा विस्तार
शैक्षिक विकासले जनस्तरको सम्बन्ध विकासमा पुग्ने गर्दछ । जसलाई एक पाटो एक बाटोको अबधारणमा विकास गर्न सहयोग मिल्ने छ । ट्रान्स हिमालयन कर्पोरेसन मेकानिजमलाई ट्रयाक दुई अर्थात् दुई द्धारबाट एक द्धारमा परिवर्तन गर्नु पर्दछ । जुन क्षेत्रीय सहयोग संस्था हो ।
हिमाली सभ्यताको विकास गर्न र त्यसको आदान प्रदान गर्नुका साथै नेपालमा बुद्धिजमको विकास गर्न नेपालको आर्थिक विकासमा धार्मिक पर्यटनले महन्वपुर्ण टेवा पुर्याउन सक्छ । नेपालसँग बुद्धिजमको विशिष्ट स्रोत लुम्बीनी रहेको छ । जो गौतम बुद्धको जन्म स्थल हो । चीनले लुम्बिनी विकासको लागि करिब तीन बिलियन अर्थात्् तीन खर्ब सहयोग गर्ने घोषणा गरिसकेको छ । हामीलाई विश्वास छ, माथि उदृत गरिएका प्रयासले दुई पषीय, त्रिपक्षीय र बहुपक्षीय प्रयासले नेपाल कमजोर तरुलबाट बलियो पुल बन्ने छ ।
चिन नेपाल मामिलाका विज्ञको यो अग्रेजी कार्यपत्रलाई हामीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेका हौ । सम्पादक








































