सेयर
काठमाडौं ।
नुवाकोटको थप्रेकमा बस दुर्घटना हुँदा ३ जना गम्भिर घाईते भएका छन् । पन्चकन्या गाउँपालीका वडा नंवर ४ आरुखर्कबाट काठमाडौंका लागि छुटेको बा २ ख ६७४० नम्बरको बस कुलकुले भन्ने ठाउँमा पल्टीँदा दुर्घटना भएको प्रहरी नायक निरीक्षक रामेश्वर सहनीले जानकारी दिनुभयो ।
विहान साढे नौ बजेतीर १५ यात्रु सवार बस सडकवाट ३० मिटर तल पल्टीँदा ३ जना गम्भिर घाइते भएका छन भने बाँकी सामान्य घाइते छन ।
घाइतेको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाडौ रिफर गरिएको छ ।
shere this