२५ जनवरी, १९८१ मा सांस्कृतिक क्रान्ति पक्षधर चियाङ चिङलगायत चारजना कमरेडहरूलाई मृत्युदण्डको घोषणा गरियो । उहाँहरूलाई सरकार पल्टाउन खोजेको, विद्रोह गर्न भड्काएको, प्रतिक्रान्तिकारी उद्देश्यका लागि जनतालाई मारेको र हानी पारेको अभियोग लगाइयो ।
चार–चार वर्षसम्मको मानसिक र शारीरिक यातनाका बाबजुद पनि चियाङ चिङले अदालत परिसरमै रातो झन्डा खोसेर लिइन् । चियाङ चिङले न्यायकर्ताहरूलाई बेस्सरी गाली गर्दै भनिन्– तिमीहरू सब फासिस्ट हौ । तिमीहरू भाडाका टट्टु हौ ।
उनले त्यहाँ धाराप्रवाह अढाइ घन्टा भाषण दिइन् ।
चियाङ चिङ र न्यायधिशबिच सवाल-जवाफ (१० जनवरी, १९८१)
न्यायधिश – मेरो विचारमा अहिले तपाईंले आफ्नो अपराध स्वीकार्नु नै उत्तम हुनेछ ।
चियाङ – पार्टी, सिद्धान्त र क्रान्तिकारी सिद्धान्तले मलाई हलुका आदेशलाई स्वीकार्ने अनुमति दिंदैन ।
न्यायधिश – क्रान्तिको कुरा गर्न योग्यता र गुण तपाईंसँग छैन । तपाईं क्रान्तिकारी दुश्मन हुनुहुन्छ । तपाईंले यो कुरा बुझ्नुपर्छ ।
चियाङ – ममा त्यस्तो योग्यता र गुण छैन भने के तपाईंमा छ त ?
न्यायधिश – कमसेकम ममा तपाईंको भन्दा बढी योग्यता र गुण छ ।
चियाङ – कसरी ?
न्यायधिश – पार्टी जनसङ्गठनू र जनताले मलाई यो मुद्दा हेर्न जिम्मा सुम्पेका छन् ।
चियाङ – कसले पार्टीको प्रतिनिधित्व गरेको छ ? कसले जनसङ्गठन र जनताको प्रतिनीधित्व गरेको छ ?
न्यायधिश – म यो प्रश्नको जवाफ दिन चाहन्नँ । म न्यायधिश हुँ र तपाईं एउटा अभियुक्त । तपाईंले केही पनि भन्न मिल्दैन ।
चियाङ – यदि तपाईं मेरो प्रश्नको जवाफ दिनुहुन्न भने म पनि तपाईंलाई जवाफ दिन्नँ ।
न्यायधिश – तपाईंको त्यस्तो नराम्रो स्वभावले नै तपाईलाई जनताबाट अलग्याएको छ । यस्तो व्यवहारले तपाईंको अपराधको पुष्टि हुन्छ । तपाईंलाई जनताले क्षमा दिनेछैनन् ।
चियाङ – मैले केही गल्ती गरेको छैन । मलाई जनताको क्षमा नै किन चाहियो ? वास्तवमा तपाईंहरू जनता र पार्टीबाट अलग्गिनुभएको छ, म होइन ।
न्यायधिश – तपाईंले यस किसिमको बोलिरहन सक्नुहुन्न ।
चियाङ – किन नसक्ने ? म क्रान्तिको बारेमा कुरा गर्न चाहन्छु ।
न्यायधिश – तपाईंले यसरी क्रान्तिको कुरा गर्नु निरर्थक हुँदैन र ?
चियाङ – म यहाँ उभिएर समाजवाद, माक्र्सवाद-लेनिनवाद-माओविचारधाराको पक्षमा बोल्दै छु । त्यो नै क्रान्ति हो ।
न्यायधिश – अनर्थ प्रलाप ।
चियाङ – तपाईंले पार्टीमा कहिलेदेखि लाग्नुभयो ?
न्यायधिश – म त्यो प्रश्नको जवाफ दिन चाहन्नँ ।
चियाङ – त्यसो भए तपाईं घर जानुस्, मेरो अरू भन्नु केही छैन ।
खेम थपलियाको फेसबुक वालबाट









































