सेयर
सुविन न्यौपाने कान्जीभाई
यार्साको सुनमाया
पारच्याङ भन्दा माथी
पहराको गाँउमा
हिमालको फेदैमा
भञ्ज्याङ् बनेर उभिएकी छिन
यार्साकी सुनमाया!!
चिसो र ब्यस्त लेकमा
हिउँ बनेर बर्सिन्छ
उनको स-साना खुसिहरु!!
सहरको आधुनिक गितभन्दा
चराचुरुङ्गीको आवाजले
भर्छिन जिन्दगीका
सुखदुःखका लयहरु !!
कहिले हिमाल रुन्छ हिउँ बनेर
कहिले झरी रुन्छ पानी बनेर
कहिले ढुङ्गा खस्छ पहिरो बनेर
त कहिले आँखा खस्छ आँसु बनेर!!
सुनमायाको गाउँ यस्तै छ
सुनमायाको जीवन यस्तै छ!!
तिम्रो गाँउसम्म बारखरी पुगेन
कखरा सिकाउने शिक्षक पुगेनन्
रास्ट्रीय गाँन गुनगुनाउने देशभक्ती पुगेन
यो मानेर तिमी अचम्मित नहुन
कसरी पुग्यो मेरो भोट सदरमुकाम भनेर
सुनमाया
घाँसको लोभैलोभमा
नपुग्नु अग्ला भिरहरुमा
खस्न सक्छ तिम्रो सजकताको बाध
र नआईपुग्न सक्छ तिम्रो रगत
सहरको मङ्गो हस्पिटल सम्म।
चुत्रोका काडाहरुमा नअल्झाउनु
सातै रङ्गका पाङालाई
च्यात्तिन सक्छ एक्लोपनको बैँस!!
सुनमाया
तिमिलाई कसैले प्रेमले भने हुने
एता ङ दोबरी खाला सुनमाया
ङ एता माया लबा सुनामाया
ङ छराना खरीबा मूला सुनमाया
तनो पिर थाकिनो सुनमाया
आँउ सुनमाया
तिमी हिमालको चेली
म पहाडको ठिटो
नछुटिने प्रेम गरौँ।।
shere this





















































