– नादान
“दसै”
खोइ बागमा के फुल्थ्यो
खोइ बालीमा के झुल्थ्यो
तर बिहानै कुहिरो खेल्न थालेसी
मेरो मनमा दसै खेल्न थाल्थ्यो
लिङे पिङ नहाले पनि गाउँमा,
दलिनमा
नाम्लाको पासो झुन्डिएसि
भित्ताको पानासोनि रेडियोमा
मालश्री गुन्जिएसि
आगन नगिचै दसै आउथ्यो
बस बाट कोहि ओर्लेर
नयाँ मान्छे आएसी
घैया भिजाएसी
घोर्ले खसी खोरमा आएसी
दसै
आटिमै आएर चिहाएझै लाग्थ्यो
पाइन्ट र सर्ट नपाउन
दर्जी दाइकोमा पुग्दा
पौडि खेल्ने नदि सुक्दा
घर लिप्न रातो माटो ,
सेतो कमेरो ,
आगनमा लिउन हल्न जमाएको
गोबर देखेसी
लाग्थ्यो पक्कै मेरो अगेनीको डिलमा
दसै आउदैथ्यो।
तर
आज नि दसै आउदै छ जाँदै छ
खोइ केही आउदै आएन म छेउ
सायद
आमा तिम्ले एक महिना अगाडि देखिनै
उ पर आउदै छ भनेको दसै
आज
खोइ म छेउ आउदै आएन
दिन भरीको कामको थकान ले होला
प्यारो निन्द्रा आउदै छ
तर तिमिले देको टीका जमरा आशीर्वाद
आमा
येस्पाल म सपनामा थापुला।।
2019-10-4
दोहा