कुमरी, नुवाकोट जिल्लामा रहेको कोल्फुखोलाको दोेहन तिब्र भएको खबर हामीलाई प्राप्त भएको छ । नुवाकोट जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा अबस्थित कोल्फुखोला दोहन तिब्र गतिमा भएको खबर हामीलाई प्राप्त भएको हो ।
कोल्फुुखोलाको अबैध दोहनमा स्थानिय प्रहरीको मिलेमतो र स्थानिय जनप्रतिनीधि मौनता देखिएकाले मोटो रकमको चलखेल भएको स्थानियको आरोप छ । नुवाकोट जिल्लाको कोल्फुखोलाको किनारामा अवैध रुपमा वालुवा उत्खन्न कार्य तिव्ररुपमा सञ्चालन गर्ने कम्पनिका साहुले आफुलाई नेकपाको कार्यकर्ता बताउने गर्ेका छन् । भिमसेन विडारी र अनुज पुडासैनीको नेतृत्वमा कोल्फुुखोलाको अबैध उत्खनन् जारी राखेका छन् । कुमरीलाई जिल्लामा माओवादीको प्रभाव क्षेत्र मान्निछ । माओवादी नेताहरुको आडमा सत्ता र शक्तिको दुरुपयोगमा अबैध उत्खनन् जारी राखेको स्थानियको आरोप रहेको छ । स्थानिय रामबहादुर तामाङले हाम्रो टेलिफोन सम्पर्कमा भने सर कोल्फु खोलाको ठुलोे बगर क्षेत्रमा अबैध उत्खन्न् जारी रहदा पनि नगरपालिका र प्रहरीको नियमनकारी निकाय मौन रहेको छ यो मिलेर खाने दाउ त होईन ? स्थानियको यो प्रश्नले अबैध उत्खनन्मा नगरपालिका र स्थानिय प्रहरी ईकाइको मिलेमतो रहेको आशंका स्थानियले गरेका छन् ।
बेल्कोटगढी नगरपालिले यो बर्ष अबैध रुपमा उत्खनन गरेको नदिजन्य पदार्थको लिलामी बिक्रिको सुचना जारी गरेको भए पनि सो क्षेत्रमा तस्करलाई सुनपानि छर्कर्ने उपायको रुपमा लिलामिलाई स्थानियले लिएका छन् । यो बर्ष नगरपालिकाले नगर क्षेत्रको कोल्फुखोला र त्रिशुलि नदी किनारमा रहेका अबैध बालुवा उत्खनन्लाई लिलामी बिक्रिको बोलपत्र आब्हान गरिए पनि कुमरी क्षेत्रमा भएको अवैध उत्खनन् बारे नगरपालिका र प्रहरी मौन रहनुलाई मिलेमतोको रुपमा लिइएको छ ।
नगरपालिकाले अधिक मात्रामा नदि दोहन गर्नेहरुलाई राजनीतिक आस्था र पहुचको आधारमा छुट दिएको स्थानियको गुनासो रहेको छ । नगरपालिकाले कतिपय बालुवा तस्करको अबैध उत्खननलाई बैध बनाउन लिलामि बिक्रिको अबधारणा ल्याए पनि अबैधरुपममा खोला उत्खनन् र नदि जन्य पदार्थको दोहन गर्ने तस्करलाई सुनपानि र्छर्कन लिलामि बिक्रिको अबधाराणा ल्याएको स्थानियको आरोप छ । नगरपालिकाको पदाधिकारीले मोटो रकम लिएर कोल्फुखोलाको कुमरी क्षेत्रमा दोहान गर्ने छुट दिएको एक बालुवा ब्यापारी रामप्रसाद नेपालले बताएका छन् । अन्य क्ष्ेत्रका ब्यापारीलाई लिलामि र करको हैरनि तर कुमरी र कोल्फु खोलाको ब्यापारीलाई छुट किन ? उनले भने बालुवा ब्यापारीहरुलाई राज्यले करको दायरामा ल्याएकोले उनिहरुले निर्वाधरुपमा ब्यापार ब्यावसाय गर्न पाउन पर्ने जिकीर गरेका छन् ।
नगरपालिकाले अबैधरुपमा उत्खनन् गरेका नदिजन्य सामाग्रीहरुको लिलामी बिक्रि गरेको भए पनि कुमरी क्षेत्रमा अबैधरुपमा सञ्चालित बालुवा खानिहरुले मनोमानि गरीरहेका छन् । यसरी अन्य क्षेत्रलाई करको दायरामा ल्याउने नगरपालिकाले कोल्फुखोलामा कुमरी क्षेत्रलाई छुट दिदा मोटो रकमको लिना देना भएको हुन सक्ने आशंका स्थानिय हरी नेपालिले हामीलाई बताए । यो बारेमा सम्पर्क गर्न खोज्दा बेलकोटगढीका मेयर राजेन्द्र रमण खनालको फोन सम्पर्क हुन सकेन । यो क्षेत्रबाट गत आर्थीक बर्ष बालुवा निकाशि बापत ०७४र०७५मा २५लाख बराबराको राजस्व संकलन गरेको नगरपालिकाको तथ्याङकमा उल्लेख गरिएको छ । यतिबेला सो क्षेत्रमा करोडौ रकम बराबरको बालवाको अबैध उल्खनन् रहेको स्रोतको दाबि रहेको छ । जिल्लाको दुर्गम मानिने सो क्षेत्रमा जनप्रतिनीधि र प्रहरीको मिलेमतोमा अबैध बालुवा तस्करी जारी रहेको नाम नभन्ने सर्तमा एक स्थानियले हामीलाई बताएका छन् ।