सेयर
नेपालकाे राजनीतिमा भारतीयहरुको चलखेल रहेकाे आराेप निरन्तर लाग्ने गरेकाे छ । देउवा सरकार विस्तारमा गठबन्धनकाे सुस्तता र एमाले विभाजनकाे रस्साकस्सीकाे महाभारत जात्रा चलिरहेकाे बेला सत्तारुढ भारतीय जनता पार्टी बिजेपीका बिदेश बिभाग प्रमुख बिजय मुरलीधर चौथाइवालेको आकस्मिक नेपाल भ्रमण शुरु भएको छ ।
उहाँकाे यात्राको उध्देश्य र भेटघाटका पात्रहरुबारे नखुलाई भारतीय दूतावासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्ट कक्ष खोल्न परराष्ट्र मन्त्रालयलाई आजै बिहान पत्र लेखेको थियो ।
आजको पत्रअनुसार नै Z 4380128 नम्बरको राहदानी वाहक चौथाइवालेको एअर इण्डिया जहाजबाट काठमाण्डौ अवतरण भैसकेको छ । जनआस्थाबाट
shere this








































