सेयर
सामाजिक सञ्चारमाध्यम जनमेलले नेकपा ( क्रान्तिकारी माओवादी) लक्षित आराेप लगाउँदै नेपालकाे माओवादी जनयुद्धमा विडम्बनाको श्रृङ्खला रहेकाे रहस्य उजेल्दै कसरी पो होला र नयाँ जनवादी क्रान्ति ! भन्दै नेकपा (क्रान्तिकारी माओवादी)काे बैठककाे तस्बिरसँगै लेखेका छन्ः
क्रान्तिकारीहरूलाई एकएक गरेर बाहिरिन बाध्य पार्ने अनि माओवाद नमान्ने, जनयुद्ध बेठिक भन्ने र जातीयतावादी नारा उराल्ने तत्वहरूलाई फूलमाला लगाएर भित्र्याउनेहरू , खुलेर भन्दा नेकपा ( क्रान्तिकारी माओवादी) को यसपल्टको केसको बैठकमा निकै ”रस्साकस्सी ‘” परेछ l फोहोरमैलाको डङ्गुरमा ”पारिजात’ को वासना पनि दुर्गन्धित हुन्छ भन्ने बुझौँ कमरेडहरू हो !!! त्यसैले त भनेको ”क्रान्तिकारी पुनर्गठन” l
त्यही बहसकाे निरन्तरतामा विडम्बनाको यो श्रृङ्खला भन्दै डिलाराम आचार्यलाई माओवादी जनयुद्धमा प्रतिकार समितिमा रहेर माओवादी कार्यकर्ताको हत्या गरेकाे र माओवादी जनयुद्धलाई ‘सामाजिक फासिवादी’ भन्नेहरूलाई ‘कामरेड’ भनेर सलाम ठोक्नु परेकाे विडम्बनाको यो श्रृङ्खला उप्काएइएकाे छ ।
विडम्बनाको यो शृङ्खला :
१. नारायणकाजीसित एकता गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा एरिया तहका कार्यकर्ताको जति पनि स्तर र हैसियत नभएका रामरिझन यादबजस्ता थुप्रैलाई काजीले केन्द्रीय सदस्य बनाएर भित्र्याए, प्रचण्डले गौरवलाई उपेक्षा मात्र गरेनन्, काजीलाई कमरेड किरणकै हाराहारीमा राखे । ‘अनुशासन’ र जनवादी केन्द्रीयताका नाममा हामी सबैले सह्यौँ, हामीलाई ‘सामाजिक फासिवादी’ भन्नेहरूलाई ‘कामरेड’ भनेर सलाम ठोक्यौँ ।
२. उता प्युठान, बागलुङ अर्घाखाँचीमा परि थापा, डिलाराम आचार्य लगायतकाहरूले एमाले र प्रशासनसित मिलेर प्रतिकार समिति बनाएर ५ जना माओवादी कार्यकर्ताको हत्या गरे । परि थापाकी श्रीमती यसमा अगुवा थिइन् । पार्टीका केन्द्रिय सल्लाहकार थवाङमा पंचायती चुनाव बहिस्कारका अगुवा कमरेड दीर्घसहितको हत्या भयो अर्घाखाँची र प्युठानको सिमानामा । ठूलो विवाद भयो, ‘जैसाका तैसा’ गर्न स्वीकृति दिइयोस् भनियो आधारइलाकीय बैठकमा । गिरिराजको संयोजकत्वमा आयोग नै बन्यो । अहिले प्रतिकार समितिका तिनै निर्देशकहरू क्रान्तिकारी माओवादीमा नेता बनेका छन् । कतिपय विपिन भण्डारी गायब हुनु, बन्धुदेव पाण्डे पक्राउ हुनुको प्रकरण र माओवादी विरुद्ध अमेरिकासहितको सलग्नतामा बेलायतीहरूले चलाएको ‘ अपरेसन मुस्ताङ ’सित गाँसिएका भनेर चर्चामा आएका पनि छन् । अनि इमानदार माओवादी कार्यकर्ताहरू तिनैलाई ‘सलाम पिबिएम कमरेड’ भन्न बाध्य छन् । कठै !
३ ‘अपरेसन मुस्ताङ’ को तयारीका सन्दर्भमा एमालेबाट २ र मोहनविक्रमको पार्टीबाट २ जना अमेरिका गएका थिए भन्ने टिप्पणी त्यतिबेरै भएको थियो समयक्रममा के सही हो सबै खुलेर आउला नै । यदि हो भने त्यस्ताहरू टाउकामा बसेपछि बैठकमा रोइलो मच्चिनु र ‘रस्साकस्सी’ हुनु अनौठो कुरा भएन, अलिअलि त ‘पोखरा राष्ट्रिय सम्मेलन’ मै भएको थियो ।
४. हेर ! हेर ! जनयुद्धको इतिहासको विरासत ! कोही काङ्ग्रेसको पछिपछि पुच्छर हल्लाउँदै कुदिरहेका छन्, कोही ‘जनमत सङ्ग्रह’ को लाखे नाच मञ्चन गरिरहेका छन्, “कतै नभएको जात्रा हाँडिगाउँमा” भनेझै । अलिअलि आशा गरिएकाहरू ‘दुई लाइन सङ्घर्ष’ का नाममा विसर्जनतिर जाँदै छन् । माओवाद विरोधी र सप्रिने ठाउँ नै नभएकाहरूलाई टाउकामा राखेर कसरी पो होला र नयाँ जनवादी क्रान्ति ! विडम्बना !!!
shere this