सेयर
दाङ देउखुरीको राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट यात्रुबस नदीमा खस्दा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
अहिले सम्म २६ जनाको उद्धार गरिएको छ । जसमा २० जना घाइते भएका छन् ।
उनीहरुलाई राप्ती विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको छ। यतिबेला नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू उद्धारमा खटिएका छन् ।
यात्रु बाहक बस रेलिङ भाँचेर नदीमा खस्दा दुर्घटना भएको हाे ।
shere this