सेयर
काठमाडौँ १३ भदौ ।
यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोटमा उद्दारका लागि चिनियाँ विज्ञ टोली आउने भएको छ । त्रिशूली ३ ए जलविद्युत् आयोजना लगायत विभिन्न आयोजनामा टनेल र सुरुङमा थुनिएकाहरुको उद्दाका लागि चीनबाट दुईवटा टोली आउन लागेका बताइएको छ ।
सरकारले त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् गरिरहेको छ । कतिपय आयोजना पुरिएका वा बगाएका क्षेत्रमा उद्धार कार्य जारी रहेको छ । यसैबिच चीन सरकारले २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ । चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउन लागेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभयो ।
shere this







































