सेयर
अर्घाखाँची ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका पूर्वसदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । खड्कालाई आज पार्टी अध्यक्ष प्रचण्डले अर्घाखाँचीमा आयोजित कार्यक्रममा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभयो ।
पूर्व माओवादी नेता खड्का एमाले र माओवादीबिच एकता भइ बनेको तत्कालीन नेकपा फुटेर पूर्ववत् पार्टीमा फर्केपछि एमालेमै रहनुभएको थियो ।
माओवादी केन्द्र अर्घाखाँचीका इन्चार्ज ठाकुर विकले आज खड्कासहित एमाले, काँग्रेस र विप्लव नेतृत्वका पार्टीबाट कार्यकर्ता माओवादीमा प्रवेश गरेको बताउनुभयो । खड्का यसअघि माओवादी अर्घाखाँचीको इन्चार्जसमेत भएर काम गरेका नेता हुनुहुन्छ । उहाँले आफू फेरि मूल घरमा आएको प्रतिक्रिया दिनुभएको छ ।
shere this