काठमाडौँ, ९ असार ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा अबको एक साताभित्र प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अहिले यसका लागि तयारी भइरहेको जनाएको छ । असार दोस्रो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको बोर्डले जेठ २३ नै नतिजाको जानकारी गराउन इच्छुक संघसंस्थालाई निवेदन पेश गर्न आह्वान गरिसकेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले अबको एक साताभित्र नतिजा प्रकाशन गरिने जानकारी दिनुभएको छ ।
परीक्षा छ । बोर्डका अनुसार एसएमएस, आइभिआर (टेलिफोन) र वेबसाइट सेवाको माध्यमबाट नतिजाको जानकारी दिनुपर्ने छ । २०८० सालको एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरे पनि ४ लाख ६७ हजारले मात्रै परीक्षा दिएका छन् ।
बोर्डले ०८० सालको एसइईमा ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने निर्णय यस वर्षदेखि कार्यान्वयन गर्दैछ । परीक्षा बोर्डले २०७८ सालअघि ९ वटा तहमा विद्यार्थीको ग्रेडिङ गर्थ्यो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार पास हुन सबै विषयमा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्नेछ। लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा ८, कक्षा १० र कक्षा १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछ ।








































