सेयर
काठमाडौँ २८ असार ।
फोहोरमैला व्यवस्थापन संघ नेपाल (SWMAN) को आज काठमाडौंमा सम्पन्न छैठौं केन्द्रीय अधिवेशनबाट नुवाकोट ककनीका रामकुमार घिमिरे केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
देशभरका फोहोरमैला व्यवस्थापनमा संलग्न श्रमिकहरूको हितका लागि काम गर्दै आएको संघको नेतृत्वमा पहिलोपटक ककनीबाट प्रतिनिधित्व भएको हो। घिमिरे विगत लामो समयदेखि फोहोरमैला व्यवस्थापन क्षेत्रमै क्रियाशील रहँदै आउनुभएको छ। अधिवेशनमा देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
shere this








































