नुवाकोट,नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४ स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। चिसो मौसम बढ्दै गएसँगै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा नियमित पठनपाठनमा सहजता ल्याउने उद्देश्यले न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरिएको हो।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता एवं पुर्व मन्त्री समेत रहेका हितबहादुर तामाङ विमला सुदेवी बाग्मती प्रदेश सभा सदस्य रामप्रसाद ढुंगान सहित विद्यालय पुगेका युवा नेता रुद्र ढुंगेलले विद्यालयमै पुगेर १३५ थान न्यानो कपडा वितरण गर्नुभएको थियो । आर्थिक रूपमा विपन्न तथा सामान्य परिवारका विद्यार्थीहरूलाई प्राथमिकतामा राखी न्यानो कपडा वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रममा सहभागी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले यस्ता सामाजिक सहयोग कार्यक्रमले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
विद्यालय मार्फत हुने यस्तो सहयोगले समुदाय र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै ढुंगेलले भन्नुभन्नु भयो । हामीले प्रयास गरेका हौ र सकेको सहयोग गरेका हौ सबैले हातेमालो गरौ सहयोगी मनहरुलाई प्रेरणा मिलोस हाम्रो चाहना त्यही हो । राजनीतिक र समाजसेवी दुवै क्षेत्रमा एउटा राम्रो ब्यक्तीत्व निमार्ण गरेका ढुंगेलको सहयोगी भावनालाई सबैले धन्यावाद दिएको छन् राम्रो काम गर्नु भयो स्थानीय प्रकाश गुरुङले भन्नु भयो ।








































