सेयर
काठमाडौँ ।
बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेकाे छ । निर्वाचन आयोगले मतदान सकिएपश्चात पत्रकार सम्मेलन गरेर र विज्ञप्ति जारी गरेर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी दिएको हो ।
आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, ‘६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ । मतदान प्रक्रिया शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।’
आयोगले सबै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जनाएको छ। काठमाडौँ भक्तपुरसहित देशका केही क्षेत्रमा आजै रातीबाट गणना सुरु हुने जनाइएको छ । अहिले सबै क्षेत्रबाट मतपेटिका संकलनको कार्य भइरहेको छ ।

shere this








































