काठमाडौँ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ४ सिटमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले दुई र नेकपाले एक स्थानमा जित हासिल गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना निर्वाचित हुनुभएको छ यस्तै काठमाडौँ ३ मा रास्वपाकै राजुनाथ पाण्डे निर्वाचित हुनुभएको छ ।
यस्तै काठमाडौँ ८ मा रास्वपाकै बिराजभक्त श्रेष्ठ निर्वाचित हुँदा काठमाडौँ ६ मा शिशिर खनालले जित निकाल्नुभएको छ । नेपाली काग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङ १ बाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ भने मुस्ताङ २ मा पनि काँग्रेसले बाजी मारेको छ । काँग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको हो ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट विजयी हुनुभएको छ । बाँकी गणना जारी रहेको क्षेत्रमध्ये १०८ क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको अग्रता छ । नेपाली कांग्रेस १३ स्थानमा अग्रता लिइरहँदा नेकपा एमाले पनि १२ स्थानमा अगाडि छ ।








































