काठमाडौं, ९ असोज ।
नेपालीहरुको चाडपर्व नजिकिदै गर्दा नेपालको टेलिकम सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले बिभिन्न छुट तथा अफरहरु ल्याएको छ ।
नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म रु.५०, देखी रु १०००सम्मका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ ।त्यसैगरी रु.१० वा सो भन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ । यस्तै जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त गर्न सकिने छ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ भने ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । युटुव प्याकेज लिनका लागि अग्रेजी अक्षरमा वाइ जीसंगै आफुलाइ आवस्यक डाटा प्याकेज लेखेर १४१५ मा एसएमएस पठाउनुपर्छ ।नेपाल टेलिकमले कम्बो प्याकेज भनेर अर्को प्याकेज पनी ल्याएको छ । जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गतेदेखि १९ गतेसम्म लिईसक्नु पर्ने छ । यो प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम लिनको लागि ऋइःद्यइज्ञण् टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । यो प्याकेज लिनका लागी अग्रेजी अक्षरमा सिओएमबिओ (कम्बो) लेखी आवस्यक सेवा लेखी १४१५ मा पठाउनुपर्ने छ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड गा्रहकहरुका लागी अफर स्वरुप भ्वाइस प्याक अफर ल्याएको छ । जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । यो प्याकेज लिनका लागी अंग्रेजी अक्षरमा भ्वाइस लेखेर आवस्यक प्याक लेखी १४१५ मा पठाउन सकिनेछ । नेपाल टेलिकमले दशैको अवसरमा पीएसटीएन र सीफोन सेवामा बोनसदिएको छ । यो सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल रु.२०० मा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १०० र १०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ । नेपाल टेलिकमले एडीएसएल, एफटीटीएच र वाइम्याक्स प्रयोगकर्ता हरुको लागी पनी अफर ल्याएको छ । असोज ११ देखि १८ भित्र भित्र अनलिमिटेड र भोल्युम बेस एसएसएल एमाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १९ गतेसम्म थप गरिएको छ । त्यसैगरी त्यसै अवधिभित्र भित्र एडीएसएल, एफटीटीएच र वाइम्याक्मा को समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि १९ गतेसम्म थप गरिएको छ । आफन्तमा कुराकानीका साथै एसएमएस बाट आफ्ना कुराकानी गर्ने ग्राहकका लागी पनी टेलिकमले सहुलिएत दिएको छ । जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा मिति असोज ११ देखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्क्भित्र ५० पैसामा एसएमएस गर्न सकिने टेलिकमले जनाएको छ । नेजाल टेलिकमले आफ्नो फोर जी सेवा सुचारु गरेसंगै फोर जी सिम लिन चाहने गा्रहकहरुका लागी निशुल्क सिम परिवर्तन गरिदिने भएको छ । कम्पनीले मिति असोज ०५ गतेदेखि कातिर्क ३० गते सम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाण्डौ, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने छ । नेपालको सरकारी टेलिकम कम्पनी नेपाल टेलिकमले आफ्ना सेवा ग्राहकमैत्री बनाउन सदेैव लागीपर्ने जनाएको छ ।