काठमाडौ,
एस. पि. पब्लिकेशन तथा कम्युनिकेशन टेक्नोलोजीद्धारा सञ्चालित अनलाइन रेडियो डिजिटल पत्रीका रेडियो बृन्दा अनलाइनले २०७५ सालको भित्तेपात्रो प्रकाशन गर्नेभएको छ । पञ्चांक निर्णयक समितीबाट अनुमती मागिएको र अनुमती पत्र र तिथीमिती प्राप्त भएपछी छपाइ सुरु गर्ने संस्थाका अध्यक्ष तथा प्रकाशक सुजन प्रेमीले जानकारी दिनुभयो । आफुले क्यालेन्डर निकाल्न लागेको प्रथम पटक भएकाले कुनै त्रुटी भए सल्लाह दिन उहाले आग्रह गर्नुभयो । आगामी बर्षहरुमा यसलाइ निरन्तरता दिने र आवस्यक सुझाव सल्लाहलाइ पनी अनुशरण गर्दै जाने उहाको भनाइ छ । प्रत्येक पात्रोको महत्व हुनेगरी छापिएको प्रतीहरु सबै गाउदेखी शहरसम्म बितरण गरिने प्रेमीको भनाइ छ । भित्तेपात्रोमा आफ्ना व्यवसायिक बिज्ञापन, सुचना तथा शुभकामना पनी राख्न सकिने छ ।बिज्ञापनको लागी सिधै ९८४९८५३३८छ र ९८१३९८५५४० मा सम्पर्क गर्नुपर्ने संस्थाले जनाएको छ ।







































