सेयर
काठमाडौं, २ फागुन ।
विश्व क्रिकेट लिग डिभिजन टू खेल नेपालले जितेको छ । निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १ विकेटको सनसनीपूर्ण जित निकालेको हो । जितसँगै नेपालको एक दिवसीय विश्वकप खेल्ने पाउने सम्भावना बढेको छ । लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वा्धिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।
shere this






































