काठमाडौ, ११ चैत २०७४ ।
मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास भन्दै हिजो एक भब्य कार्यक्रमबिच कृतिको अन्तरसंवाद सम्पन्न भएको छ । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमा अमर न्यौपाने, समालोचक डा. राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले कृतिको वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
कृतिको वारेमा बोल्दै साहित्यकार न्यौपानेले ‘नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल रहेको बताउनुभयो । उपन्यास केही लामो भएकाले केही बोझिलो लाग्न सक्छ तर यसका भावले पाठकलाई अन्यत्र भाग्न नदिने उहाँको भनाइ थियो । अत्यन्त सरल भाषा प्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ उहाँले भन्नुभयो, । उहाँले उपन्यासकी नाइका सुवर्णलता पच्चिस सय वर्षभन्दा ज्यादा जीवीत हुनु र उनमा शारीरिक क्षय नहुनु केही अपत्यारीला तथ्य लागे पनि उपन्यास लेखनमा यस्ता कुरा मान्य हुने धारण ब्यक्त गुर्नुभयो । यसै गरि अर्का वक्ता डा. राम प्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलताले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाध्ने आर्कषण रहेको बताउनुभयो । लेखकले मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेका छन् उहाँले भन्नुभयो । उहाँले उपन्यासमा बौद्ध दर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषा प्रयोग गरिएको भन्दै केशरीमा गहिरो बौद्धधर्मको चेतना रहेको विचार प्रस्तुत गर्नुभयो । प्रा. राम लोहनीका अनुसार, ‘उपन्यासले फरक विषय वस्तु उठाएको छ । पाठक जुन कथामा प्रवाहित भइरहेको हुन्छ उपन्यासको मध्यभागमा पुग्दा अर्कै संसारमा बिचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार । उपन्यासमा बुद्ध जीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नाईकाको बार्तालाप र प्रेम प्रस्ताब अत्यन्त मार्मिक छ उहाँले भन्नुभयो । उहाँले भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिने विस्वास ब्यक्त गर्नुभयो ।’
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताउनुभएको थियो । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उहाँले खुलासा गर्नुभयो । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको छ ।
एक पटक पढ्नैपर्ने उपन्यास सुवर्णलता, बौद्धिक उपन्यास भएको बरिष्ठ साहित्यकारहरुको प्रशंशा
सेयर
shere this







































