ऋषाीराम कटेल
आजकल यो विषय अलिक चर्चामा छ । खासगरी चीनका राष्ट् पति सि ले प्रचण्डलाई भेटन इन्कार गरेको कुराले यो विषयले अलिबडी ठाँउपाएको देखिन्छ । वास्तवमा दहालको यो भ्रमण नेपाल र नेपालीको किन किन जरुरी थियो ? के यो भ्रमण त्याहाको सरकारले वा पार्टीले उनलाई वोलाउनु आवस्यक ठानेर वोलाएको हो? वा उनी सम्वद्धपार्टीलाई निमन्त्रणा गरेर पार्टी निर्णय अनुसार उनले भ्रमण गरेका हुन ? वा यो उनको नितान्त नीजी भ्रमण यिो ? र उनको यो भ्रमणको खर्चपर्चको व्यबस्थापन कसले गरयो ? यी सवै कुराहरु अनुत्तरित छन । सतहमा देखिएको कुरा हेर्दा दहालको यो भ्रमण नेपाल र नेपालीको लागि आवस्यक थिएन ।
किनकी नेपालका प्रधानमन्त्रीले भर्खरै दुवै देशको भ्रमण गरी सकेका छन । दुवै देश संग आवस्यक संझौता समेत गरी सकेकाछन र कतिपय कुराहरु कार्यान्वयनमा समेत जान थाली सकेका छन । फेरी दहाल सरकारी पार्टीका नेताहुन । नेपालका संवैधानिक प्रतिनिधी हैनन । उनलाई नेपालको तर्फवाट निणय गर्ने कुनै कानुनी अधिकार छैन । यो त्याहाको सरकार वा पार्टीको निमन्त्रणा पनि हैन । यो उनले जी हजुरी गरेर अरुलाई देखाउन निमन्त्रणाको वहाना वनाएर गएका हुन । दुई दुई पटक देशको प्रधानमन्त्री भएको अत्यन्त ठुलो वहुमतका साथ सरकार चलाईरहेको पार्टीको अध्यक्षले विदेशीसंग भिखमागेर भ्रमण गर्नु पर्ने आवस्यकता किन परयो ? यो भने नेपालीको लागि लज्जाजनक र रहस्यात्मक विषय वनेको छ । यदि यो भ्रमणमा एक पैसापनि नेपाली ले तिरेको कर प्रयोग भएको रहेछ भने यो लुटहो ।यसको हिसाव किताव नेपाली जनताले गर्नेनै छन ।
भारत भ्रमणमा जादा उनले एयरपोर्टमा धेरैकुरा भने । त्यसमध्ये पुरानो कुरा संझाउन जादैछु समेत भने । दाहलको दिल्लीसंग दुई प्रकारको सम्वन्ध छ । एक यूद्धकालिन र दोस्रो प्रधानमन्त्री स्तरको ।युद्धकालिन सम्वन्धमा र संगको सम्वन्ध, हतियार अन्य लजिष्टिक सपोर्ट , भारतमा वसेर नेपालमा युद्ध संचालनगर्ने सुविधा ,शान्ती संझौता र नेपाल प्रवेश र नेपालको नयाँ राजनीतिक यात्रा । यी सवै विषयमा दाहालको भारतसंग पुरानो सम्वन्ध देखिन्छ । तथ्यहरुले यीकुरा पुष्टि गरिसकेकाछन । यी काम गरिरहादा दाहाल र भारतीय सत्ताको के गोप्य सहमति थियो साहायद त्यसअनुसार चिज अगाडी नवडेकोले पुरानो कुरा संझाउन उनी गएका हुनसक्ने संभावना देखियो । दोस्रोकुरा उनी प्रधानमन्त्री भएपछी भारतसंग संझौता गरेकाछन ।
त्यसमा उनले राष्ट्घाति महाकाली सन्धीको कार्यान्वयन र नेपालको परराष्ट्नीति भारतीय परराष्ट्नीतिको अभिन्न अंगको रुपमा रहने गरिु संझौता गरेकाछन । देशको स्वाभिमान माथि यत्रो गद्दारी पक्का पनि दहाल जस्ता चतुर भनिने खेलाडीले सित्तैमा गरेनन होला । अव साहायद कवुल अनुसारको प्रतिफलको निम्ति संझाउने वेला भएर दहाल भारत भ्रमण गएका होलान जस्तो देखिन्छ । उनको योभ्रमण मा मोदीका सुरक्षा सल्लाकार संग दुई घण्टा कुराहुनुले पनि यो भ्रमण राजनैतिक हैसियतको थिएन भन्ने प्रष्ट हुन्छ । मुलत उनको यो भ्रमण पुन सत्तारोहणको याचनाको लागि थियो भन्ने कुरामा कुनै संका छैन ।
जाहासम्म चीन भ्रमणको प्रश्न छ मेरो अझै नेपालको राजनीतिमा हैसियत जीवितै छ भन्ने सन्ंदेश प्रवाहको निम्ति भएको भन्दा अरु कारण देखिदैन । सिले भेट नदिएर उनको राजनीतिक हैसियत लाई अस्विकार गरिदिए । चीनले दाहाल भारतीय प्यादा हो भन्नेकुरा युद्धकालिन समय, जनआन्दोलनको समय वा प्रधानमन्त्री भएपछिका उनका क्रियाकलाप वाट राम्ररी बुझि सकेकोछ ।