काठमाडौं : माघ ११, सरकारले संसदबाट अमेरिकी विकास परियोजना एमसीसीलाई संसदबाट पास गर्ने भनेपछि त्यसको नेपालमा चौतर्फि विरोध भईरहेको छ । आज काठमाडौंको माइतिघर मण्डलामा एमसीसी सम्झौता खारेज गरौं, अमेरिकी फौजी कार्यक्रममा नेपाललाई सहभागी न गराऔं भन्ने नाराका साथ नेपालका विभिन्न राजनीतिक सस्थाका नेतृत्व, साहित्यिक क्षेत्रमा चर्चित तथा सक्रिय व्यात्तिहरु, पेसागत र व्यावसायिक रुपमा नेतृत्व गरिरहेका नेतृत्वहरु, जन वर्गीय संघसंस्था, पार्टी संगठन, नागरिक समाज, उद्योग प्रतिष्ठान आदिसंग सम्बन्धित व्याक्तिहरुले एमसीसीको बिरुद्धमा प्रदर्शन गर्न लागेको एमसीसी खारेज अभियानका सदस्य रघु घिमिरेले जानकारी दिएका छन् ।
नेपालमा आफ्नो सेना प्रवेश गराएर चीनलाई घेर्न अमेरिकाले हिन्द प्रसान्त रणनीतिको योजना अन्र्तगत एमसीसी सहयोग जबरजस्ती लाद्न खोजको भन्दै नेपालमा यसको चौतर्फि विरोध भईरहेको छ । त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महराले पनि अमेरिकाले नेपालमा अत्याधुनिक ड्रोन राखेर चीन र नेपाललाई निगरानी गर्ने तयारी गरेको थाहा पाएपछि आफुले एमसीसीलाई संसदमा टेबल नगरेको बताईसकेको छन् । एमसीसीका कतिपय प्रावधानहरुले नेपालले आफ्नो स्वतन्त्र राष्ट्रको हैसियत गुमाउने जानकारहरुले बताउँदै आएका छन् ।
भने अमेरिकाले सहयोगको नामम आफ्नो सेना नेपाल पठाउने र त्यसपछि चीन विरोधी गतिविधि गर्न नेपाली भूमि प्रयोग गर्ने भन्दै नेपालमा त्यसको चौतर्फि विरोध भईरहेको छ । सत्तारुढ नेकपाममा पूर्वमाओवादी समुह र माधबकुमार नेपाल समुहले पनि एमसीसीको विरोध गर्दै आएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरुले पनि एमसीसीको चर्को विरोध गरिरहेका छन् ।
काठमाडौंमा एमसीसी विरुद्ध हुने प्रदर्शनमा सहभागी हुने चर्चित व्याक्तिहरु
सीपी मैनाली, सीपी गजुरेल, स्वनाम साथी, जगन्नाथ खतिवडा, घनश्याम शर्मा पौड्याल, शरद पौडेल, मातृका पोखरेल, बलदेव भट्ट, बासु मिश्र, श्याम श्रेष्ठ, दुर्गा पौडेल, भरत दाहाल, नरेन्द्रजङ्ग पिटर, लोककृष्ण भट्टराई, बोर्णबहादुर कार्की, साध्यबहादुर भन्डारी, रघु घिमिरे, डा. सुरेन्द्र भन्डारी, एकराज भन्डारी, असोज महर्जन, सुरोज महर्जन, बलराम तिमिल्सिना, डिल्ली अधिकारी, सुकन्या वाइवा, भावना विद्रोही लगायतका राजनीतिक, शैक्षिक, साहित्यिक , बौद्धिक, कानूनी र पत्रकारिता क्षेत्रका युवा प्रतिभाहरुको समेत उपस्थिति हुनेछ ।








































