काठमाडौं : माघ २७, प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ महानिरिक्षकको नियुक्ति गर्न सकेन । बहालवाला महानिरीक्षक सर्वेन्द्रनाथ खनालले बुधबारदेखि अनिवार्य अवकाश लिदैँछन् । उनले अनिवार्य अवकाश लिने भएपछि प्रहरीमा नयाँ आईजीपीको विषयमा सर्वत्र चासो रहे पनि सोमबार बसेको मन्त्रिपरिषदमा यस विषयले पूर्णता पाउन सकेन ।
स्रोतका अनुसार आईजीपी नियुक्ति विषयमा छलफल गर्न मंगलबार फेरि मन्त्रिपरिषद बैठक बस्ने छ । जसको लागि मंगलबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सोमबार बसेको बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सामान्य छलफल भएको थियो । तर टुङ्गो लाग्न भने सकेन । नयाँ आइजिपीका लागि तीन डीआईजीले दाबेदारी प्रस्तुत गरिरहेका छन् । जसमा प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्याय रहेका छन्।