सेयर
काठमाडौं : माघ २८, मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । वर्तमान आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण मंगलबार घर फर्केपछि ज्ञवालीलाई आईजीपीमा नियुक्त गरिएको हो । आज साँझ नै वर्तमान आईजीपी खनाललगाएत ३ एआईजी र १८ डिआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाई गरिने भएको छ । प्रतिस्पर्धीहरुबीच नेतृत्वमा पुग्न अस्वस्थ प्रतिस्पर्धा नभएपछि हाल १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवाली निर्विकल्प आईजीपी बनेका हुन् ।
shere this








































