सेयर
एजेन्सी ।
इराकको बगदादस्थित अमेरिकी सुरक्षा फौजको बेस क्याम्पमा रकेट आक्रमण भएको छ ।
ग्रामिण क्षेत्र किर्कुकमा रहेको अमेरिकी ‘के १ बेस क्याम्प’मा रकेट आक्रमण भएको एएफपी न्युजले जनाएको छ । आक्रमणबाट मानवीय क्षति भएको वा नभएको भन्ने बारे कुनै विवरण आएको छैन ।
स्थानीय समय अनुसार बिहीबार पौने ९ बजे आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । आक्रमणपछि अमेरिकाले हवाइ सर्च अभियान सुरु गरेको थियो ।
उक्त क्षेत्रमा गत डिसेम्बर २७ पछि पहिलो पटक रकेट आक्रमण भएको हो ।
shere this