काठमाडौं : फागुन १२, पहिलो टेष्ट क्रिकेटमा घरेलु टोली न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ । विलिङटोनमा ईण्डियाले दिएको ९ रनको चुनौती न्युजिल्याण्डले १० बलमा बिना क्षती भेट्टाउदै किर्तिमानी जित हात पारेको हो । भारतले टेष्ट क्रिकेटको ईतिहासमा भोगेको यो नै सबैभन्दा ठुलो अन्तरको हार हो । पहिलो ईनिङसमा १ सय ६५ रनमा अलआउट भएको भारतले दोस्रो ईनिङसमा १ सय ९१ रन मात्र बनाएपछि घरेलु टोलीले मात्र ९ रनको लक्ष्य पाएको थियो ।
न्युजिल्याण्डले पहिलो ईनिङसमा ३ सय ४८ रनको उच्च स्कोर तयार पारेको थियो । ४ विकेट गुमाएर १ सय ४४ रनको अवस्थाबाट चौथो दिन थालेको भारतले थप ४७ रन जोड्दा बाँकि सबै विकेट गुमाएको हो । मायांक अग्रवालले ५८, अजन्क्या रहानेले २९ र रिषव पन्तले २५ रन बनाउनु बाहेक अन्यले गतिलो ब्याटिङ गर्न नसक्दा दोस्रो ईनिङसमा पनि भारत सामान्य योगफलमै समेटिएको थियो । टिम साउथीले ५ तथा ट्रेन्ट बोउल्टले ४ विकेट लिएपछि भारतको दोस्रो इनिङध्वसत बनेको थियो । त्यस्तै कोलिन डि ग्राण्डहोमले १ विकेट किो नाममा रह्यो । यी दुई राष्ट्रबिचको दोस्रो टेष्ट १७ गते क्राईष्टचर्चमा हुनेछ ।